पाठेघरमा पानी जमेकी आकृतिको उपचारमा सहयोग

काठमाण्डौका किशोर श्रेष्ठले उपलब्ध गराएको सहयोग रकम भरतपुरमा आकृति गुरुङलाई हस्तान्तरण गर्दै पत्रकार समुन्द्र पौडेल । तस्बिर : इ तनहुँ
इ तनहुँ संवाददाता
 तनहुँ पुस २८
आर्थिक अभावका कारण पाठेघरमा जमेको पानीको उपाचार गर्न नसकेकी तनहुँ पोखरीभाज्याङ-४ बेलचौताराकी १७ वर्षिय आकृति गुरुङको उपचारका लागि सहयोग रकम प्राप्त भएको छ । 
गोरखा आरुघाट घर भई काठमाण्डौ सामाखुसीमा किशोर अफसेट प्रेस संचालन गर्दै आएका किशोर श्रेष्ठले आकृतिको उपचारका लागि २० हजार रुपैया सहयोग गरेका हुन् । भरतपुर स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराउँदै आएकी आकृतिलाई बिहीबार पत्रकार समुन्द्र पौडेलले सहयोग रकम हस्तान्तरण गरे । 
रकम बुझ्दै आकृतिले आफ्नो उपचारका लागि सहयोग गरेकोमा सहयोगदाता किशोर श्रेष्ठलाई धन्यवाद व्यक्त गरिन् । गुरुड परिवारले अस्पतालमा बिहीबार ३५ हजार रुपैया जम्मा गरेपछि शुक्रबार आकृतिको शल्यकि्रया हुने भएको छ । 
छोरीको उपचारका लागि एक रोपनी जग्गा बिक्री गरेर रकम जुटाएको बीरमाया गुरुङले बताइन् । 'उपचारकै लागि एकरोपनी जग्गा एक लाखमा बिक्री गरौ,' बीरमायाले बिहीबार भनिन्, 'बैना वापत लिएको ३० हजार छोरीकै उपचारमा लगाए ।' उपचारका लागि दमौली पोखरा डुम्रे सहित भरतपुरमा झण्डै ७० हजार रुपैया खर्च भएको उनले बताइन् । 
पाठेघरमा मासुको डल्लो पलाएपछि आकृतिकी आमा ५८ वर्षीया बीरमाया आर्थिक अभावका कारण १४ वर्षदेखी उपचार गर्न सकेकी छैनन् । गाउँका स्थानीयले १२ वर्ष अघि जम्मा गरेर दिएको ३ हजार २ सय रुपैया पोखरा गएर आउदाँ सकिए पनि रोग निको नभएको उनले बताइन् । बीरमायाका श्रीमान धन बहादुरले ६२ वर्षको उमेरमा घरदेखी एक घण्टा दुरीको दमौली बजारमा भारी बोकेर र अधियाको उब्जनीबाट परिवारको गुजारा चलाउँदै आएका छन् ।

सम्बन्धित समाचार
http://www.etanahun.blogspot.com/2012/01/blog-post_8432.html

1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses