मैले जे देखे
समुन्द्र पौडेल
केही क्षण नवित्दै ‘नौ दिनमा फर्किन्छु’ भन्दै कास्की सार्दीखोलाको तातोपानीमा डुब्न गएका जंग बहादुरको अर्ध शरिर (कम्मरमाथी) को शव २ दिनमै घरको आगनमा आइपुग्यो । सेतीको हिउँ पहिरोमा श्रीमान् वेपत्ता भएको खबर सुने लगतै २ दिनदेखी भोकोपेटमा बसेकी चुनदेवी शव आडैमा बर्बराउन थालिन् । ‘यी छोराछोरीलाई कसरी पाल्ने ?’ उनी बर्बराउँदै थिइन, ‘सोच्दै नसोचेको हामीलाई छाडेर कहाँ जानुभयो ?’
अहिले म्याग्दी टोल शोकमा डुबेको छ । सबै गाउँलेको आँखा रसाएका छन् । कृष्णकुमारीको छोरी ५ वर्षिया श्रृष्टि घरमा नयाँ मान्छे आउँदा टोलाउछिन् । मृतक तिर्थ कुमारीकी ७ वर्षिया छोरी अनिशा छन्त्याल र बहिनी १२ वर्षिया गौमाया घटना सम्झदाँ पनि झस्कन्छन् ।
एैसेलु खान तुल बहादुर (गौमायाको दाई) संग तातोपानी माथीको वनमा गएका कारण उनीहरु बाढि बाट जोगिएका थिए । तातोपानी गएका रण बहादुरको परिवारका ५ मध्ये ४ सकुशल छन् ।
फेरी यस्तो कहिल्यै नहोस्
![]() |
तातोपानीमा नुहाउन भनेर शुक्रबार दिउँसो घरबाट हिडेका श्रीमान्को सेती नदीको बाढिमा परेर मृत्यु भएका जग बहादुरको अर्ध शव अगाडी आइतबार दिउँसो शोक गर्दै चुनदेवी । |
सुनसान म्याग्दी टोलमा मान्छेको चहलपहल बढ्न थाल्यो । केही क्षणमा लामा भनेर चिनेने जग बहादुरको घरमा मान्छे झुम्मिन थाले । उनको ३ कोठे घर भित्र उनकी श्रीमती चुनदेवी न्याउरो अनुहार लगाएर बसेकी थिइन् । दुई छेउमा बसेका थिए, उनका २ छोरी ।
![]() |
मृतक जग बहादुर पुनः
|
लेखनाथ नगरपालिका–१३, तल्लो गगनगौडाको म्याग्दी गाउँमा बसोबास गर्दै आएका जग बहादुर सहित १२ जनाको समुह तातोपानीमा स्नान गर्न शुक्रबार बिहान ११ बजे घरबाट हिडेका थिए । म्याग्दे टोलका उनीहरुसंगै तनहुँ दुलेगौडा एक्लेफाटका हरिकला छन्त्याल पनि सहभागी थिइन् ।
हिम बाढिमा परेर सोही समुहमा सहभागि जग बहादुर, तिर्थकुमारी, दल बहादुर पुनः र हरिकला छन्त्यालको शब फेला परिसकेको छ । दल बहादुरकी श्रीमती तिलीसरा पुन, ३ वर्षिय छोरा लेसन, कृष्णकुमारी मगर र जग बहादुरकी सासु जमुना अझै हराई रहेका छन् ।
भारतीय सेनामा कार्यरत छदाँ बस दुर्घटनामा परेर ढाडँ भाचिएका जग बहादुर ढाङ र घुडाँ दुखेपछि तातोपानीमा डुबुल्न गएका थिए । गाउँमा मजदुरी गर्दै आएका अन्यमा समेत
ढाड दुख्ने र घुँडा दुख्ने समस्याबाट पीडित थिए । उनीहरु हरेक वर्ष तातोपानीमा नुहाउन जाने गरेका थिए ।
![]() |
मृतक तिर्थकुमारी छन्त्याल |
![]() |
एैसेलु खान वनमा जादाँ जोगिएका गौमाया र अनिशा । |
एैसेलु खान तुल बहादुर (गौमायाको दाई) संग तातोपानी माथीको वनमा गएका कारण उनीहरु बाढि बाट जोगिएका थिए । तातोपानी गएका रण बहादुरको परिवारका ५ मध्ये ४ सकुशल छन् ।
युवराज श्रेष्ठ
लमजुङ फागुन ७
बेसीशहरमा जारी तेस्रो लमजुङ महोत्सबको अवसरमा आयोजित पश्चिमाञ्चल क्षेत्रिय मुक्तक प्रतियोगितामा तनहुँका साहित्यकार अमृत सुवेदी गुराँस प्रथम भएका छन् ।
महोत्सबको साहित्य तथा नाट्य उपसमितिको आयोजनामा भएको प्रतियोगितामा स्याङ्जाका मिलन समिर द्धितिय र पोखराका हरिमाया पराजुली तृतिय भएका छन् । त्यस्तै रुपन्देहीका ओम क्षितिज र मुस्ताङका शुशिल थकालीले सान्त्वाना स्थान हाँसिल गरेका छन् । ३८ जना सहभागी भएको प्रतियोगितामा पहिलो चरणमा २० जना र दोस्रो चरणमा १० जना मुक्तककार छनौट गरी महोत्सब मुल समारोहको मञ्चबाट बाचन गराई प्रतिश्पर्धा गराईएको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद सात हजार नगद सहित प्रमाण पत्र पुरस्कार प्रदान गरिएको छ । त्यस्तै नगद पाँच हजार, ३ हजार र १२ सय रुपैयाँ एवं प्रमाण पत्र क्रमश द्धितिय, तृतिय र सान्त्वाना स्थान हाँसिल गर्नेलाई प्रदान गरिएको उपसमितिका संयोजक नविनचन्द्र घिमिरेले जानकारी दिनुभयो । साहित्यकार रमेश पौडेल, रुपिन्द्र प्रभावी कटु र रमशेचन्द्र घिमिरेको मुल्याङ्कनमा भएको प्रतियोगितामा मुक्तक विद्यामा पहिलो पटक विद्या वारिधी गर्ने डाक्टर मुरारी पराजुली, गोविन्दबहादुर कुँवर लगायतको सहभागिता रहेको थियो ।
रविन भट्टराई, ताप्लेजुङ माघ १,
नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाबाट एक ब्यक्तिको ५ लाख रुपैयाँ नाटकीय रुपले ठगी गरी फरार रहेका व्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नाङ्खोल्याङ ५ निवासी जीतबहादुर भुजुवार (सुनुवार) गत मंगलवार रकम जम्मा गर्न वैङ्क गएको समयमा रकम जम्मा गर्नका लागि भौचर भर्न सहयोग गर्ने भन्दै खालि चेकमा सहि गर्न लगाई चेक थुतेर विहिबार बैकबाट पाँच लाख रुपैया निकालि फरार रहेका वयक्तिलाई प्रहरीले गए राति नियन्त्रणमा लिएको प्रहरी नयव उपरीक्ष केदार ढकालले जानकारी दिनुभयो ।
पक्रउ गरीएको व्याक्तिको साथमा पाँच लाख रुपैया रहेको र सो रकम आज पिडितलाई उपलब्ध गराउने ढकालको भनाई रहेको छ । नियन्त्रमा रहेका व्याक्तिको अनुसन्धान भईरहेकोले अहिले सार्वजनिक गर्न नमिल्ने प्रनाउ ढकालले बताउनुभयो । बैंकबाट यो किसिमको ठगी भएको ताप्लेजुङको पहिलो घटना हो ।अनलाइन सोलिडारिटी
इ तनहुँ संवाददाता
तनहुँ पुस २५
एक साता अघिको हिमपात नसकिदै सोमबार मनाङमा पुनः हिमपात भएको छ । हिमपातसंगै हावाहुरी समेत चलेपछि सोमबार दिनभर अधिकांश बासिन्दा झ्याल दोका समेत बन्द गरेर बसेका थिए ।
'हिउमात्र पर्दा सजिलै काम गर्न सकिन्थ्यो ।' मनाङका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम श्रेष्ठले भने 'हिउसंगै हावाहुरी समेत चलेपछि दिनभर राम्रोसंग काम गर्न समेत पाएनौ ।' सोमबार मनाङको तल्लो भेगमा १ फिट सम्म र माथिल्लो भेगमा २ फिट भन्दा बढि हिउँ परेको उनले बताए । उनले भने, 'माथिल्लो खण्डमा एक साता अघिकै ३ फिट हिउ अझै पग्लिएको छैन ।'
हिमपातका कारण माथिल्लो मनाडमा पर्ने मनाङ टंकी मनाङ खाङ्सार घ्यारु पिसाङ ङावल भ्राका ना र फू उपत्यकाका अधिकांश बासिन्दा जाडो छल्न बेशी झरिसकेका छन् । जाडो बढेपछि मनाङका सरकारी कर्मचारी र केही स्थानीय मात्र बस्दै आएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालयबाट २ जनाले मात्र राहदानी फाराका लागि सिफारिस गरेको कार्यालयले जनाएको छ ।
हिमपातका कारण नेपाल बायू सेवा निगमले संचालन गर्दै आएको हवाई सेवा समेत यसै महिनादेखी अबरुद्ध भएको छ । जिल्लामा स्थानीय बासिन्दा नै कम भएकाले कार्यालयमा खासै सेवाग्राही नभएको जिल्ला अस्पताल मनाङका डाक्टर सुरेन्द्र बस्नेतले बताए । 'हावाहुरीसंगै आएको हिउँ सबै घरको आागनभरी नै छ ।' उनले भने, 'अतिआवश्यक काम पर्दा बाहेक अन्य समय सबैले झ्याल दोका बन्द गरेर बस्ने गरेका छन् ।'

तनहुँ पुस ६
हैरान्स क्लबको आयोजनामा दमौलीमा जारी जिल्लाव्यापी अन्र्तक्लब फुटबल प्रतियोगिताको उपाधी नवयुवा क्लब हाईस्कुलटारले जीतेको छ । जनसेवा क्लब ढोरफिर्दीलाई २-० को गोल अन्तरले नवयुवाले पाँचौ हैरान्स कपको उपाधी हात पारेको हो ।

इ तनहुँ संवाददाता तनहुँ पुस ६
एक वर्षको अवधीमा तनहुँमा १६ मानवअधिकार हननका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक ले बुधबार दमौलीमा सार्वजनिक गरेको मानवअधिकार हननका घटनामा महिला र बालबालिकाहरु बढि पीडित रहेको जनाइएको छ ।
इन्सेकले आयोजना गरेको मानवअधिकार वर्ष पुस्तकको पुर्व समिक्षा कार्याक्रममा मानवअधिकार हननका घटनाका २२ पीडित मध्ये १६ महिला र बालबालिका रहेको इन्सेक जिल्ला प्रतिनिधी प्रकाशचन्द्र भट्टराईले बताए ।
इन्सेकले सार्वजनिक गरेको मानवअधिकार हननका घटनाहरुमा कुटपिट १ बालअधिकार तर्फ २ वटा बालविवाह ४ वटा बलात्कार र १ कुटपिटको घटना भएको छ । त्यस्तै महिला अधिकार तर्फ बहुविवाह १ र बेचबिखनका २ घटना र जातिय विभेदको १ घटना रहेका छन् ।

बैतडीमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको छ ।
दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ५९४३ नम्बरको बस दार्चुलाको श्रीकेदार गाविसको बसालीमा दुर्घटना भएको हो
इ तनहुँ संवाददाता
गोरखा पुस २
गोरखाको हर्मीमा शनिवार आयोजित ३ उद्घाटन कार्यक्रममा सहभागी हुन गोरखा आउँदै गरेका अर्थमन्त्री बर्षमान पुनः बाटोबाटै राजधानी फर्किएका छन् । हर्मीमा संचालित सामुदायिक रेडियो हर्मीको नव निर्मित भवन शहिद स्मृति भवन र महेन्द्र लिला उच्च माध्यमिक विद्यालयको नवनिर्मित ६ कोठे भवनको उद्घाटनका लागि हर्मी आउँदै गरेका अर्थमन्त्री पुनः सुरक्षा निकायको सल्लाह अनुसार गजुरीबाटै राजधानी फर्किएका हुन् ।
तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको उपचारको क्रममा मृत्यु भएको विषयलाई लिएर काग्रेस कार्यकर्ताले मुग्लिनमा प्रदर्शन गरेको सुचना पाएपछि सुरक्षा निकायको सल्लाह अनुसार अर्थमन्त्री पुनः काठमाण्डौ फर्किएको रेडियो हर्मीका अध्यक्ष जनार्दन ढकालले बताए । शनिवार स्थगित भएका ३ वटै उद्घाटन कार्यक्रम एक साता पछि सारिएको छ ।

तनहुँ पुस २
चितवन कारागार आक्रमणमा गम्भीर घाइते भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको उपचारका क्रममा शनिबार बिहान निधन भएपछि नेपाली काग्रेसले शनिवार नेपाल बन्दको घोषणा गरेको छ ।
तनहुँ पुस २
चितवन कारागार आक्रमणमा गम्भीर घाइते भएका तरुण दल चितवनका अध्यक्ष शिव पौडेलको उपचारका क्रममा शनिबार बिहान निधन भएपछि नेपाली काग्रेसले शनिवार नेपाल बन्दको घोषणा गरेको छ ।
इ तनहुँ संवाददाता
चितवन, पुस २
चितवन, पुस २
चितवन कारागारमा आक्रमणमा परेका तरुण दल चितवन अध्यक्ष शिव पौडेलको निधन
भएको छ। उनको निधनको खबरलगत्तै चितवनमा प्रमुख जिल्ला अधिकारी र
प्रहरीप्रमुखसहितको बैठक सुरु भएको छ ।
पौडेलको आज मध्यरातमा निधन भएको प्रहरी स्रोतले जनाएको छ। उनको मृत्युको अस्पताल प्रशासनले सार्वजनिक गरिसकेको भने छैन ।
हत्या अभियोगमा कैदमा रहेका पौडेलसहित ५ जनामाथि जेलभित्रै आक्रमण भएको थियो। केही दिन चितवनमै उपचार गरी पौडेललाई राजधानी ल्याइएको थियो। जेल आक्रमणपछि जिल्ला प्रहरी प्रमुख, जेलर, प्रमुख जिल्ला अधिकारी लगायतलाई निलम्बन गरिएको थियो ।
चितवन बन्द घोषणा
पौडेलको निधनपछि आक्रोशित तरुण दलले जिल्ला बन्द घोषणा गरेको छ। सरकार र प्रहरी प्रशासनले सुरक्षा दिन नसकेकाले पौडेलको निधन भएको भन्दै तरुण दलले अनिश्चितकालिन चितवन बन्दको घोषणा गरेको हो।
घटनाको बारेमा सत्यतथ्य बाहिर ल्याउनु पर्ने ,पीडित परिवारलाई सरकारले जिम्मा लिनुपर्ने, पौडेललाई शहिद घोषणा गर्नुपर्ने ,दोषीहरुलाई कडा कारबाही गर्नु सहितका चारवटा माग आफूहरुले तय गरेको तरुण दल चितवनका सचिव प्रेम पाठकले बताए।
चितवन बन्द सँगै ठाउँमा ठाउँमा तरुण कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिएका छन। पूर्वी चितवनको सौराहा चोक र नारायणगढको लायन्स चोकमा तरुण कार्यकर्ताहरुले विरोध प्रदर्शन गरिरहेका छन।
रत्ननगरको टाँडीमा सवारी समते अवरुद्ध पारिएको जानकारी तरुण दलले दिएको छ। बन्दका कारण अहिले चितवनका सडकमा लामो तथा स्थानिय रुटका सवारी चलेका छैनन।
फाट्ट फुट्ट मोटरसाइकल र रिक्साहरु तथा बिरामी बोक्ने एम्बुलेन्स भने चलेका छन। टाँडीमा बन्दमा चलाएको भन्दै एउटा ट्रक तोडफोड भएको छ।
यसैबीच चितवनको शान्ति सुरक्षा दिगो बनाउन बिहानदेखि बसेको स्थानिय प्रहरी र प्रशासनको आकस्मिक बैठक अझै जारी छ। सम्भावित दुर्घटना हुन नदिन आवश्यक तयारी बैठकमा भैरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
उता पौडेलको निधनपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा नेपाली काँग्रेस केन्द्रीय समितीको बैठक काठमाडौमा बसिरहेको छ। औपचारिक निर्णयपछि निधन भएका पौडेलको शव अन्त्येष्टीका लागि चितवन ल्याईने काँग्रेस स्रोतले जानकारी दिएको छ।
काठमाडौं,
१ पुस, । आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने प्रस्ताव तयार गर्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड छलफलमा व्यस्त हुनु भएको छ ।
प्रचण्डले शुक्रबार केही नेताहरुलाई आफ्नै निवासमा बोलाएर केन्द्रीय समितिका एजेण्डाहरुबारे सुझाव लिनु भएको छ । भेटमा सहभागी नेताहरुले शान्ति र संविधान निर्माण पूरा गर्ने कार्ययोजनासहितको प्रस्ताव ल्याउन सुझाव दिएका छन् ।
‘शान्ति र संविधान निर्माण पूरा गर्ने कार्ययोजनासहितको प्रस्ताव ल्याउन सुझाव दिएका छौं’ भेटमा सहभागी पोलिटव्यूरो सदस्य विश्वभक्त दुलाल आहुतीले अनलाइनखबरसँग भन्नुभयो-’जनपरिचालनका कार्यक्रम पनि ल्याउन सुझाएका छौं ।’ भेटमा नारायणकाजी श्रेष्ठ प्रकाश लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

दोलखा, पुस १- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली सेनामा समायोजन हुने माओवादी लडाकुको सङ्ख्या ६५ सयबाट माथि कुनै पनि हालतमा नथपिने दाबी गरेका छन्। माओवादीले यस्तो सङ्ख्या बढाउने आश्वासन दिँदै हिँडेका भए पनि त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे।
“माओवादी नेताहरुका फुस्रा आश्वासन पाएर धेरैं लडाकु पुनर्स्थापना प्याकेजमा नगई समायोजनमा जान पाइने भ्रम पालेर बसेका छन्”- उनले भने। उनले समायोजन हुने माओवादी लडाकुको सङ्ख्या ६५ सयबाट कुनै पनि हालतमा नबढ्ने हुनाले नेताका कुरा नसुनी पुनर्स्थापना र स्वेच्छिक अवकाशमा जान चाहनेलाई अझै पनि सोच्न आग्रह गरे।
शुक्रबार दोलखा सदरमुकाम चरिकोटमा नेकपा एमाले जिल्ला कमिटिको दोस्रो जिल्ला प्रतिनिधि परिषद् बैठकको उद्घाटन कार्यक्रममा बोल्दै नेता नेपालले उचित समयभित्रै निर्णय नलिए पछि पुनर्स्थापनाबापतको राहतसमेत नपाउने हुनाले पछुताउनुपर्ने भन्दै सचेत गराए।
नेता नेपालले प्रधान मन्त्री बाबुराम भट्टराईका कारण सेना समायोजनको काममा ढिलाई भइरहेको आरोप लगाए। “हामीले पुनर्स्थापनामा जान चाहनेलाई राहत प्याकेज दिएर घर पठाउँ र सेनामा जान चाहनेलाई सेनाको जिम्मा लगाउँ भनेर उहिलेदेखि भन्दै आयौँ तर प्रधान मन्त्री विशेष समितिको बैठक बोलाउनुको साटो लडाकुलाई सङ्ख्या थप्ने आश्वासन दिँदै हिँडिरहेका छन्”- नेता नेपालको आरोप थियो।

दोलखा, पुस १- नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले नेपाली काँग्रेसको परम्पराअनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने बताएकी छिन्। 'काँग्रेसको विधि र विधानअनुसार अरु कसैले प्रधानमन्त्रीको दाबी गर्न मिल्दैन, शेरबहादुर देउवाले पनि मिल्दैन,' नेत्री कोइरालाले भनिन्।
प्रेस युनियन दोलखाले आज बिहान सदरमुकाम चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले शान्ति र संविधानको काम सम्पन्न गरी यथाशीघ्र काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने बताइन्।
चिनियाँ प्रधानमन्त्रीको भ्रमण उनीहरुकै आन्तरिक कारणले स्थगन भए पनि नेपालका प्रधानमन्त्री र मन्त्रीले धेरै हल्ला गरेर उच्चस्तरीय भ्रमणलाई हल्का बनाएको टिप्पणी उनले गरिन्।
'वर्तमान सरकार भ्रष्टाचारकै कारण कमजोर बनिसकेको छ', 'सरकारका मन्त्रीलाई प्रधानमन्त्रीले ठीक ठाउँमा राख्नुपर्छ, त्यसका लागि हामीले प्रधानमन्त्रीलाई सचेत गराएका छौँ, वर्तमान सरकार अहिलेकै अवस्थामा कुनै पनि हालतमा राष्ट्रिय सहमतिको बन्न सक्दैन-उनले भनिन्।

काठमाडौं, पुस १- माओवादी सचिव सीपी गजुरेलले प्रधान मन्त्रीकै कारण चिनिया प्रधान मन्त्रीको भ्रमण रद्द भएको बताएका छन्। कूटनीतिक मर्यादाविपरित प्रधान मन्त्री बाबुराम भट्टराईले एकतर्फीरुपमा चिनिया प्रधान मन्त्रीको भ्रमण मिति र अन्य विवरणसमेत सार्वजनिक गरेका कारण यो रोकिएको उनले बताए।
'दुवै देशका परराष्ट्र मन्त्रालयले संयुक्तरुपमा भ्रमणबारे जानकारी गराउने प्रचलन हुन्छ, काठमाडौं र बेइजिङबाट एकैसाथ भ्रमणको मितिलगायतका विवरण आउनुपर्थ्यो', उनले थपे- तर प्रधान मन्त्री भट्टराईले नोबेम्बर १५ मै बालुवाटरबाट एकतर्फीरुपमा प्रशारण गरिदिनुभयो। संसदमा विशेष समय लिएर बोल्दै गजुरेलले यस्तो बताएका हुन।
उहाँले ५ देखि ७ अर्ब डलर सहयोग प्राप्त हुने भनी प्रचार गरेर द्विपक्षीय सम्बन्धमा ब्यङ्ग्य गरेको देखियो। जसका कारण पनि चिनिया पक्षले भ्रमणलाई अस्वाभाविकरुपमा लिएको हो- उनले भने। उपप्रधान तथा गृह मन्त्री विजयकुमार गच्छदारले पनि सुरक्षा व्यवस्थाबारे आश्वस्त पार्न नसकेको आरोप पनि उनले लगाए।

मनोज अधिकारी
पोखरा, पुस १
पोखरा विमानस्थलमा आज बिहान आफ्नै पेस्तोलले
दाहिने कञ्चटमा गोली हानी आत्महत्या गरेका सई बलराम अधिकारीको शव
पोस्टमार्टमका लागि गण्डकी अस्पताल लैजाने तयारी भइरहेको छ। विमान अवतरण
गर्ने धावनमार्ग नजिकै रहेको क्वार्टरभित्र उनले आत्महत्या गरेका थिए ।
विगत १३ वर्षदेखि पोखरा विमानस्थलमा खटिएका सई बलराम अधिकारीले किन आत्महत्या गरेका हुन् भन्ने बारे केही थाहा हुन सकेको छैन।
परिवारका सदस्यका अनुसार बिहानैदेखि ड्युटीमा खटिएका अधिकारीले घरमा फोन गरी खिर पकाउन लगाएका थिए। छोराले घरबाट खिर ल्याइदिएपछि क्वार्टरमा लगी खाएलगत्तै करिब सवा नौ बजे उनले आत्महत्या गरेका थिए।
कास्कीको लाहाचोक गाविस घर भएका अधिकारीको घरमा दुई छोरा र श्रीमति छन्। उनले प्रहरी सेवाबाट अवकाश पाउन एक वर्षमात्रै बाँकी थियो।
निर्मल घिमिरे
काठमाडौँ, पुस १
फोहोर फाल्ने ठाउँमा मन्दिर बनाएपछि
लाजिम्पाट, धोबिचौरको अनुहारमात्र फेरिएन। नाम पनि फेरियो- कैलाश चौर।
'प्रयोगमा नभएको निजी जग्गामा फोहोर फालिँदै आएकाले टोलै दुर्गन्धित
थियो,' स्थानीय मुकुन्द न्यौपानेले भने, 'मन्दिर निर्माणपछि फोहोर
फाल्नुको साटो भएको फोहोरसमेत टिप्ने गरेकाले टोलै सफा र स्वच्छ छ
टोलमा रजक समुदायको बाहुल्य छ। मन्दिर निर्माणमा पनि उनीहरुकै
लगानी बढी भएको न्यौपानेले बताए। 'ज्यादै फोहार भएपछि टोलबासीको
सरसल्लाहमा २०६० सालमा मन्दिर निर्माण सुरु भएको हो,' उनले भने, 'ब्युटी
राणाको नाममा रहेको एक आना जग्गामा बनेको मन्दिरमा गणेश, भीमसेन, भगवती,
सरस्वती, हनुमान, बुढानीलकन्ठलगायतको सात मूर्ति राखिएको छ।'
प्रायले प्रियजनको सम्झनामा मूर्ति राखेको स्थानीय सुमन रजकले बताए। मूर्ति २५ हजारदेखि ८० हजार रुपैयाँसम्मका छन्।
'पहिले फोहोर नियन्त्रण गर्नका लागि बगैँचा निर्माण गर्यौँ,' उनले
भने, 'चुरोट खाने केटाहरु आएर अबेर रातसम्म होहल्ला गर्न थालेपछि मन्दिर
निर्माण योजना अघि बढाएका हौं।'
मन्दिर निर्माणपछि होहल्ला गर्ने जमात आउनै छाडेको अनुभव उनलेसुनाए। 'कुनै पनि स्थानीयलाई मन्दिरमा मूर्तिको स्थापना गर्न रोकटोक छैन,' उनले भने।
मन्दिर सञ्चालन खर्च स्थानीयले नै बेहोर्दै आएका छन्। 'मिलेरै रंग
लगाउँछौं, मिलेरै टुटफुट भएमा बनाउँछौ,' उनले भने, 'मन्दिरलाई अझै आकर्षक
बनाउने टोलबासीको योजना छ।'
पोखरा, मंसिर २९
कास्की जिल्लाको पर्यटकीय गाऊँ धम्पुस रहेको श्री
भानुभक्त प्राविमा तीन वर्ष अघि स्थापना भएको पुस्तकालय सोही विद्यालयलाई
हस्तान्तरण गरिएको छ ।
मानवीय श्रोत विकास केन्द्र पोखरा र रुम टु रिड नामक शैक्षिक संस्थाले
संयुक्तरुपमा विस २०६५ सालमा स्थापना गरेको सो पुस्तकालय विहीबार एक
औपचारिक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो । पुस्तकालयमा
विद्यालयका पाठ्यसामाग्री सहितका करिव तीन हजार भन्दा बढी पुस्तकहरु रहेको
विद्यालयले जानकारी दिएको छ । कार्यक्रमका प्रमुख अतिथी नाग डाँडा श्रोत
केन्द्रका स्रोत व्यक्ति जयलाल भट्टराईले भानुभक्त प्राविका शिक्षक अभिभावक संघका
अध्यक्ष चम्पािसंह गुरुङलाई पुस्तकालयको साँचो र कदरपत्र हस्तान्तरण गर्दै
विद्यार्थीको पठनपाठन र अध्ययन गर्ने बानीको विकास गर्नमा पुस्तकालयले
महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
शिक्षक अभिभावक संघ भानुभक्त प्राविका अध्यक्ष चम्पािसंह गुरुङको सभापतित्वमा
भएको कार्यक्रमा एम एस् के बी का सहजकर्ता दानबहादुर भुजेल प्रधानाध्यापक
लालप्रसाद भण्डारी शिक्षक दिलबहादुर थापा लगायतका वक्ताहरुले पुस्तकालयको
महत्व औचित्य र आवश्कयको महत्व दर्शाउँदै त्यसको व्यवस्थापकीय पक्षमा
कमिकमजोरी हुन नदिन आग्रह गर्नु भयो ।

२७ मंसिर, काठमाण्डौ । तीनवटा प्रकाशन गृह मिलेर दैनिक पत्रिकाको भाऊ दोब्बर बनाएका छन् । सोमबारसम्म ५ रुपैयाँमा पाइने कान्तिपुर, नागरिक र अन्नपूर्ण पोष्ट दैनिक मंगलबारदेखि १० रुपैयाँमा बेच्न थालिएको छ । त्यस्तै कान्तिपुरको सहप्रकाशन द काठमाण्डौ पोष्टको मुल्य पनि वढेको छ । ३ रुपैयामा किन्न पाइने पोष्टको मुल्य वढेर ५ रुपैया पुगेको छ । यस्तै अंग्रेजी दैनिकको रिपब्लीका र द हिमालयन टाइम्सको मूल्य भने यथावत रहेको छ ।
तीनवटा पत्रिकाका मुख्य पृष्ठमै प्रकाशकिय छापेर प्रकाशकहरुले मंहगीका कारण पत्रिकाको भाऊ बढाउनुपरेको बताएका छन् । ६ बर्षदेखि मूल्य नबढेको अबस्थामा पत्रिकाको मूल्य दश रुपैयाँ पुर्याउनु बाध्यकारी कदम भएको उनीहरुको दावी छ ।
तर, राजधानी, समाचारपत्र र नयाँ पत्रिका दैनिकले भने भाउ बढाउने सिन्डिकेटलाई अस्वीकार गरेका छन् । स्रोतका अनुसार बिगत एक महिनादेखि पत्रिकाको मूल्य बढाउन प्रकाशकहरुवीच भएका निरन्तरका छलफलमा ती पत्रिकाका प्रकाशकले पत्रिकाको भाउ बढाउन अस्वीकार गरेका थिए ।
अरु पत्रिका ३ मा बेचिंदा २ रुपैयाँ र ५ मा बेचिंदा ३ रुपैयाँमा बेचेर मूल्य युद्धमा होमिएको अन्नपूर्ण पोष्टसमेत अहिले कान्तिपुर र नागरिकसँगै मूल्य बढाउने सिन्डिकेटमा सहभागी भएको छ ।

पुस ५ देखि ७ सम्म १० जना मन्त्री सहित सय जना भन्दा बढी संख्याको औपचारिक प्रतिनिधिमण्डलसहित चिनियाँ प्रधानमन्त्री नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको थियो । यद्यपी चीनले आफ्नो प्रधानमन्त्रीको नेपाल भ्रमण बारे औपचारिक रुपमा तिथी सार्वजनिक गरेको थिएन । उनको भ्रमण स्थागित हुनका कारण पनि खुलाईएको छैन ।
प्रधानमन्त्री बाबुराम भट्टराई तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणको तिथी सार्वजनिक गरेका थिए । चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमणको तयारी बारे छलफल गर्न परराष्ट्रमन्त्री श्रेष्ठ बेइजिङ पनि पुगेका थिए ।वर्मा हुँदै नेपाल भ्रमणमा आउने कार्यक्रम रहेकोमा चिनियाँ प्रधानमन्त्रीको वर्माको भ्रमण पनि स्थगित भएको छ । प्रधानमन्त्री भट्टराईका सहयोगी विश्वदिप पाण्डेका अनुसार उनको आफ्नै कारणले भ्रमण स्थगित गरिएको र चाँडै भ्रमणको अर्को तिथी बारे जानकारी आउने चिनियाँ पक्षले बताएको छ ।
नेपालमा चिनियाँ प्रधानमन्त्री जियावाओको भ्रमणको तयारी समेत सुरु भइसकेको थियो । नेपाल सरकार र चीन बीचमा एजेण्डाहरुको अदानप्रदानसमेत भइसकेको थियो । चिनले आफ्नो प्रधानमन्त्रीको भ्रमणमा तिब्बती मामिलालगायत सुरक्षा चासोलाई आफ्नो एजेण्डा बनाउने भएको थियो भने नेपाल सरकारले उत्तर–दक्षिणका चार राजमार्गसहित केही आर्थिक प्याकेजमा सहयोग माग्ने कार्यसूची तयार पारेको थियो ।
काठमाडौं, मङ्सिर २६- नेपाल ट्रष्टले स्व राजा वीरेन्द्र र उनका परिवारको नाममा स्वदेश र विदेशमा रहेको चल/अचल सम्पत्तिबारे जानकारी दिनेलाई उचित पुरस्कार दिने बताएको छ। ट्रष्टका उपसचिव वीरेन्द्रबहादुर बानियाँले सञ्चार मन्त्रालयद्वारा आयोजित पत्रकार भेटघाटमा सो कुरा उल्लेख गरेका हुन्।
नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ अनुसार २०६४ मङ्सिर ६ गते स्थापना भएको नेपाल ट्रष्टले स्व राजा वीरेन्द्र र उनका परिवारको नाममा रहेको चल/अचल सम्पत्तिको खोजी र संरक्षण गर्दैआएको छ।
हालसम्म ट्रष्टले स्व राजा वीरेन्द्र र उनका परिवारका नाममा स्वदेशमा विभिन्न स्थानमा रहेको छ हजार २४४ रोपनी जग्गा पत्तालगाई एक हजार १७९ रोपनी जग्गाको जग्गाधनी प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ।
त्यसैगरी स्टर्लिङ पाउन्ड ४४ हजार ११६ र नेरु १२ करोड २८ लाख ९० हजार ७३४ नगद समेत ट्रष्टको खातामा जम्मा भइसकेको बताइएको छ।