पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गछौं: आपूर्तिमन्त्री

२५ मंसिर, काठमाडौं । आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल आयल निगमलाई हाल भइकरहेको मासिक १ अर्ब २६ करोड ५० लाख रुपैयाँ घाटा पूर्ति गर्ने गरी पेट्रोलियम पदार्थमा मूल्य बृद्धि हुने बताउनु भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री भट्टले घाटा सहेर आयल निगम चल्न नसक्ने भन्दै मूल्य बृद्धिको विकल्प नभएको बताउनु भयो ।

केही सरकारले अनुदान दिने पर्ने र बाँकी मूल्य बृद्धि गरेर घाटाको पूर्ति गर्नु पर्ने भन्दै उहाँले पेट्रोलियम पदार्थको मूल्य निगमको खरिद मुल्य अनुसार नै बनाउने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’भारतमा भएको मूल्य भन्दा बढी र खरिद मूल्य अनुसारकै मूल्य कायम गर्छु ।’

आयाल निगमलाई हालको मूल्य अनुसार डिजेलमा प्रतिलिटर १८ रुपैयाँ ९१ पैसा, मट्टीतेलमा ७ रुपैयाँ १२ पैसा र ग्यासमा ३ सय ३९ रुपैयाँ २२ पैसा प्रतिसिलिण्डर घाटा रहेको छ ।

उहाँले परल मूल्य अनुसार हुने गरी मूल्य बृद्धि गरिएपछि सर्वसाधारणका लागि राहत दिने योजनाको तयारी पनि आफूले गरिरहेको जानकारी दिनुभयो । खाना पकाउने ग्यासँ प्रति परिवार बाषिर्क ८ सिलिण्डर राहत मूल्यमा दिने र त्यसपछि बजार मुल्यमा खरिद गर्नु पर्ने उहाँको भनाई छ । विभिन्न आन्दोलनका घाईते, विद्यार्थीहरुलाई राहत कसरी दिने भन्ने विषमया शिक्षा, गृह, स्थानीय विकास मन्त्रालय र केन्द्रीय तथ्याङ विभागसँग छलफल भइरहेको भन्दै मन्त्री भट्टले त्यसका लागि ३ अर्ब ५० करोड रुपैया अर्थमन्त्रालयसँग अनुदान माग गरिएको जानकारी दिनुभयो ।

मन्त्री भट्टले आयल निगमबाट कुपन मार्फत निःशुल्क तेल दिएर ब्रम्हलुट मच्चाईएको दावी गर्दै आफूले कुपन प्रथा बन्द गराएको र कसैले दिए उसैबाट असुल्ने चेतावनी दिनुभयो । उहाँले विभिन्न मन्त्रालयका सवारी साधनहरु आयल निगमका खर्चमा मर्मत गर्ने गरिएको भन्दै आफूले त्यसमा पनि कडाई गरेको जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses