रामकृष्ण ढकाललाई छोरीको साथ


गायक रामकृष्ण ढकालले छोरीलाई समेत स्टेजमा उभ्याएर गीत गएपछि दुलारीका दर्शक निकै रमाइलो माने। उनले आफूले मात्र गाएनन् छोरी रानीलाई समेत स्वर मिलाउन लगाएर दर्शक ताली प्रशस्तै पाए। 

इ तनहुँ संवादादता
इटहरी, कात्तिक ३० 
 'गोकुलम धार्मिक महोत्सव'मा सोमबार अचानक झुल्किएका ढकालले आफ्ना चर्चित गीत गाए। महोत्सवमा आफू सुइँको पाएपछि बनेको बाक्लो जमघटलाई 'मन पराउने हजार भेटिन्छन्'बाट स्वागत गरे ढकालले। रातको नौ मञ्चमा उक्लेका ढकालको 'दैव तेरो मायाको खेलाले' बोलको गीतले दर्शकलाई भावुक बनायो। उनले आफ्ना पुराना गीत 'ओराली लागेको हरिणको चाल भो', 'छिट्को गुन्यु तिमीले लगाउँदा' समेत गाउन भ्याए।
'मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो', 'तिम्रो आगमनले फेरि' र पछिल्लो गीत 'पहाडको छुक छुके रेल' गाउन छुटाएनन्।
ढकालको प्रस्तुति हेर्न मोरङ र सुनसरीका दर्शक आएका थिए केही दिनदेखि उनी पूर्वका विभिन्न कार्यक्रममा सहभागी छन्। ४५ दिन चल्ने यो महोत्सवको १५ दिन बितेको छ। अहिलेसम्म प्रमोद खरेल, मेरी बास्सैको समूहलगायतले मनोरञ्जन दिलाएका छन्।

0 comments

Write Down Your Responses