२ दिने छिम्केश्वरी महोत्सव हुने
इ तनहुँ संवाददाता
तनहुँ, फागुन ६
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको तनहुँको छिम्केश्वरीमा २ दिने महोत्सव हुने भएको छ । छिम्केश्वरी क्षेत्र पर्यटन विकास समितिले गाउँलाई पर्यटकीय गन्तव्यको रुपमा प्रचार प्रसार गर्ने उद्देश्यले आगमी फागुन २४ र २५ गते दोश्रो छिम्केश्वरी महोत्सवको आयोजना गर्न लागेको हो ।
गाउँमा स्वदेशी एवं विदेशी पर्यटक भित्र्याई छिम्केश्वरीको महत्वलाई देश विदेशमा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा १० हजार भन्दा बढि पर्यटक गाउँमा भित्रिने गाउँलेले अपेक्षा राखेका छन् । तनहुँ जिल्लामा अवस्थित छिम्केश्वरी पहाड महाभारत श्रृखलाको सबै भन्दा अग्लो पहाड हो ।
तीन वर्ष अघि आयोजना गरेको प्रथम छिम्केश्वरी महोत्सव पश्चात गाउँमा आन्तरिक एवं बाह्य पर्यटकको आवगमन हुन थालेपछि छिम्केश्वरीको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका संयोजक शालिग्राम अधिकारीले बताए । ‘महोत्सवले गाउँमा पर्यटक बढेको अनुभुती गरेका छौ ।’ उनले भने, ‘छिम्केश्वरीलाई अझै प्रचारप्रसार गर्न महोत्सवमा जुटेका हौ ।’ महोत्सवले पर्यटनसंगै गाउँमा कृषि, शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रलाई समेत टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।
महोत्सव अवधीमा छिम्केश्वरी पुग्ने पर्यटकका लागि गाउँलेले होमस्टे शैलीमा आवासको व्यवस्था मिलाउने समितिका सचिव ऋषि केशीले बताए । उनले भने, ‘महोत्सव अगावै गाउँले गाउँमा विजुली र मोटर बाटो पु¥याउने तयारीमा जुटेका छन् ।’ महोत्सवमा होटल, कृषि प्रदर्शनी तथा बिक्री, सुचना केन्द्र, प्राथमिक उपचार केन्द्र,वन पैदावर प्रदर्शनी, व्यापारिक समाग्रीका प्रदर्शनी गरि कुल ५० स्टल रहने आयोजकले जनाएको छ ।
0 comments
Write Down Your Responses