नवयुवा र भन्सार विजयी

इ तनहुँ संवाददाता
दमौली मंसिर २५

हैरान्स क्लबको आयोजनामा दमौलीमा जारी पाँचौं हैरान्स कप जिल्लास्तरीय अन्तरक्लब फुटबल प्रतियोगिता अन्र्तगत आइतबार दुई खेल सम्पन्न भएका छन् । दमौली खेल मैदानमा जारी प्रतियोगिता अन्र्तगत आइतबार भएको खेलमा नव युवा क्लब हाइस्कुलटार र भन्सार युवा क्लव विजयी भएको छ ।
नवयुवा र काहुँ मिलन युवा क्लब झापुटारबीच भएको पहिलो खेलमा नवयुवा १-० गोल अन्तरले विजयी भयो । नव युवाका लागि एकमात्र गोल खेलको दोस्रो हाफमा फिरोज आलेले गरेका थिए । त्यस्तै छपेली युवा परिवार बन्दिपुर छाप र भन्सार युवा क्लबबीच भएको दोस्रो खेलमा निर्धारित समयमा १-१ गोल भएपछि ट्राइबेकरमा भन्सार ४-२ ले विजयी भयो ।
प्रतियोगिता अन्र्तगत सोमबार बिहान न्यु भिजन र ग्लोबल युनिटी र जनसेवा क्ल्ब र दिउँसो हैरान्स क्लव 'बि' बिच प्रतिष्पर्धा हुने आयोजक हैरान्स क्लवका अध्यक्ष रविन पौडेलले बताए ।

0 comments

Write Down Your Responses