दक्षिण अपि्रुका जान हिँडेका नेपाली भारतीय जेलमा


सहयोगका लागि परिवारको आग्रह

सुरजकुमार भुजेल
मकवानपुर २५ मंसिर
बैदेशिक रोजगारका लागि दक्षिण अपि्रुका पुग्ने आशा लिएर चार महिना अघि बाराको रतनपुरीबाट हिँडेका टेकबहादुर घिमिरे अहिले भारतीय जेलमा छन् । 
रतनपुरी गाविसका कार्यालय सहायक पदमा कार्यरत घिमिरे नेपाली एजेन्टमार्फत् दक्षिण अपि्रुका जान भनी चार महिनाअघि नयाँ दिल्ली पुगेका थिए । तर उनको भिसा नक्कली भएको थाहा भए पछि नयाँदिल्ली स्थित दक्षिण अपि्रुकी राजदूतावासले प्रहरी लगाएर उनलाई पक्रेको थियो । टेकबहादुर निर्दोष भए पनि त्यसलाई पुष्टि गर्ने ुडकुमेन्टु को अभावमा उनी जेलमुक्त हुनसकेका छैनन् । 
टेकबहादुरको परिवारले दिएको जानकारी अनुसार उनीसहित गाउँका जयबहादुर लामा मोक्तान राजकुमार लामा मोक्तान राजकुमार लामा र राहुल लामा ललितपुरका प्रभात प्रधानको साथमा नयाँदिल्ली पुगेका थिए । उनीहरुमध्ये राहुल लामाले बताए अनुसार नयाँदिल्लीबाटै उनीहरुलाई दक्षिण अपि्रुका लैजाने भनिएको थियो र उनीहरुको पासपोर्ट पहिले नै उनीहरुको एजेन्टसँग थियो । नेपालबाट प्रतिव्यक्ति दुई लाख रुपैया तिरेर दक्षिण अपि्रुका पुर् याउने भनिए पनि रकमको कुरा नमिल्दा उनीहरु दिल्लीको पहाडगाजस्थित डलर इन होटलमा १९ दिनसम्म बसेका थिए । नयाँदिल्ली पुगेपछि दुई लाख नेपाली रुपैया नभएर भारतीय रुपैया बुझाउनु पर्ने भनिए पछि उनीहरुले नेपालबाट थप रकम झिकाएका थिए । 
राहुल लामाका अनुसार नयाँदिल्ली पुगेपछि उनीहरुको भेट प्रभात प्रधानमार्फत् देव गुरुङसँग भयो । उनीहरुको पासपोर्ट कोलकातामा रहेको बताइयो र त्यहीँ पुगेर ल्याउनु पर्ने भनियो । दुई लाख भारतीय रुपैया एकमुष्ठ देव गुरुङलाई दिएपछि उनीहरु पास लिन कोलकाता गए । उनीहरुको साथमा घिमिरे पनि गएका थिए । कोलकातामा पुगेपछि सबैको पासपोर्ट नदिने भन्दै घिमिरेको मात्रै पासपोर्ट दिएर पठाइयो । 
यसरी भिसा लागेको पासपोर्ट लिएर कोलकाताबाट नयाँदिल्ली फर्किएपछि भिसा सक्कली हो कि नक्कली हो भनी जाँच गराउन घिमिरे प्रभात प्रधान र अर्को एक जना नेपाली दक्षिण अपि्रुकी राजदूतावासमा पुगे । उनीहरुले सोचेका थिए- सक्कली भएमा उनी दक्षिण अपि्रुका जानेछन् र नक्कली भएमा त्यहीँबाट घर फर्कनेछन् । तर उनीहरुले जे सोचेका थिए परिणाम ठीक त्यसको उल्टो भयो । भिसा नक्कली भएको थाहा पाउने वित्तिकै दक्षिण अपि्रुकी राजदूतावासले प्रहरी बोलाएर उनीहरुलाई पक्रन लगायो । प्रधान र अर्को एक जनालाई चौवीस घण्टा थुनामा राखेर छाडियो भने घिमिरेलाई नक्कली भिसाको कारोबार गर्ने एजेन्ट भनी आरोप लगाइयो । घिमिरे गएको सेप्टेम्बर ९ तारिकदेखि नयाँदिल्लीस्थित पिहार जेलमा छन् । 
भारतीय प्रहरीले अहिले उनलाई भारतीय कानूनको २७३ नं। धारा अनुसार कारवाही चलाइरहेको छ । भारतमा जालसाजी नक्कली भिसा आदिका आरोपीहरुलाई यो धारा अनुसार कारबाहीको प्रकि्रया अघि बढाइने गरिन्छ । भारतीय प्रहरीले पछि देव गुरुङलाई पनि समातेर जेलमा राखेको छ । घिमिरेलाई पक्रेपछि नयाँदिल्ली बसन्त विहार पुलिस स्टेशनले जिल्ला प्रशासन कार्यालय बारामार्फत् उनको परिवारलाई उनी थुनामा रहेको जानकारी गराएको थियो । शनिबार इलाका प्रहरी कार्यालय निजगढले टेकहादुर घिमिरे कुनै फौजदारी अभियोगमा लागेको अभिलेखबाट नदेखिएको र निजको चालचलन राम्रो रहेको भनी सिफारिस गरेको उनकी छोरी उमा घिमिरेले बताइन् । 
नयाँ दिल्लीमा टेकहादुरलाई उनका आफन्त केदार पुडासैनीले छुटाउन पहल गरिरहेका छन् । उनले नयाँदिल्लीस्थित नेपाली राजदूताबासबाट कुनै सहयोग नपाएको गुनासो गरे । यता नेपालको श्रम विभागले पनि घिमिरेलाई छुटाउन चासो नदिएको उनका आफन्त काठमाण्डौं निवासी आशकाजी श्रेष्ठले बताए । ुउहाँटेकबहादर निर्दोष हुनुहुन्छ । उहाँ जेलबाट मुक्त हुनुभए हाम्रो फसेको रकम पनि उठाउन सजिलो हुने थियोु घिमिरेसँगै गएका रतनपुरीका राहुल लामाले भने । घिमिरे निर्दोष भएकाले उनलाई छुटाउन उनको आफन्तजनले सबैलाई आग्रह गरेका छन् ।

0 comments

Write Down Your Responses