कांग्रेस र एमालेको सहभागिता बिना संविधान निर्माण असम्भव : मन्त्री गौतम

कार्यक्रममा उपस्थित मन्त्री लगायत अन्य अतिथिहरु
इ तनहुँ संवाददाता
तनहुँ, २९ पुष

    भूमिसुधार तथा व्यवस्थामन्त्री भीमप्रसाद गौतमले कांग्रेस र एमालेको सहभागिता बिना संविधान निर्माण र शान्ति प्रक्रिया निष्कर्षमा पुग्न नसक्ने बताएका छन् । तनहुँको दुलेगौंडा–८, बेलचौतारास्थित जनकल्याण माध्यमिक विद्यालयको रजत जयन्तीको बिहीबार उद्घाटन गर्दै मन्त्री गौतमले संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन कांग्रेस र एमालेलाई सरकारमा आउन आग्रह गरे । माओवादी पोलिटव्युरो सदस्य समेत रहेका मन्त्री गौतमले बाबुराम भट्टराई नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारको रुप दिनुपर्ने बताए ।

उनले भूमि सम्बन्धी समस्या समाधान गर्न भू–उपयोग नीति आवश्यक रहेको भन्दै छिट्टै भू–उपयोग नीति लागु गरिने बताए । नेपालमा बढ्दै गइरहेको अव्यवस्थित शहरीकरण रोक्नका लागि भू–उपयोग नीति आवश्यक रहेको मन्त्री गौतमको भनाई थियो । भू–उपयोग नीति नहुँदा देशभरका खेतीयोग्य जमिन प्लटिङमा परिणत हुँदै गएको भन्दै मन्त्री गौतमले त्यस्ता खेतीयोग्य जमिनमा प्लटिङ गर्न नपाउने गरी नीति तयार पार्न लागिएको जानकारी दिए ।
मन्त्री गौतमलाई स्वागत गर्दै विद्यार्थी

विद्यालयले रजतजयन्तीको अवसरमा प्रकाशन गरेको रजत जयन्ती स्मारिकाको समेत मन्त्री गौतमले विमोचन गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज अर्यालले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद लालचनको अध्यक्षतामा सम्पन्न भएको थियो ।

1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses