केही सरकारले अनुदान दिने पर्ने र बाँकी मूल्य बृद्धि गरेर घाटाको पूर्ति गर्नु पर्ने भन्दै उहाँले पेट्रोलियम पदार्थको मूल्य निगमको खरिद मुल्य अनुसार नै बनाउने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’भारतमा भएको मूल्य भन्दा बढी र खरिद मूल्य अनुसारकै मूल्य कायम गर्छु ।’
आयाल निगमलाई हालको मूल्य अनुसार डिजेलमा प्रतिलिटर १८ रुपैयाँ ९१ पैसा, मट्टीतेलमा ७ रुपैयाँ १२ पैसा र ग्यासमा ३ सय ३९ रुपैयाँ २२ पैसा प्रतिसिलिण्डर घाटा रहेको छ ।
उहाँले परल मूल्य अनुसार हुने गरी मूल्य बृद्धि गरिएपछि सर्वसाधारणका लागि राहत दिने योजनाको तयारी पनि आफूले गरिरहेको जानकारी दिनुभयो । खाना पकाउने ग्यासँ प्रति परिवार बाषिर्क ८ सिलिण्डर राहत मूल्यमा दिने र त्यसपछि बजार मुल्यमा खरिद गर्नु पर्ने उहाँको भनाई छ । विभिन्न आन्दोलनका घाईते, विद्यार्थीहरुलाई राहत कसरी दिने भन्ने विषमया शिक्षा, गृह, स्थानीय विकास मन्त्रालय र केन्द्रीय तथ्याङ विभागसँग छलफल भइरहेको भन्दै मन्त्री भट्टले त्यसका लागि ३ अर्ब ५० करोड रुपैया अर्थमन्त्रालयसँग अनुदान माग गरिएको जानकारी दिनुभयो ।
मन्त्री भट्टले आयल निगमबाट कुपन मार्फत निःशुल्क तेल दिएर ब्रम्हलुट मच्चाईएको दावी गर्दै आफूले कुपन प्रथा बन्द गराएको र कसैले दिए उसैबाट असुल्ने चेतावनी दिनुभयो । उहाँले विभिन्न मन्त्रालयका सवारी साधनहरु आयल निगमका खर्चमा मर्मत गर्ने गरिएको भन्दै आफूले त्यसमा पनि कडाई गरेको जानकारी दिनुभयो ।
अहिले पनि भएको यस्तै हो । किनकी नेपालमा पर्यटन वर्ष चलिरहेको छ भन्ने कुरालाई सरकारले अझै अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकेको छैन । विदेशमा रहेका नेपालीहरुको सकृयतामा मात्रै केही देशमा यस्ता प्रचारात्मक कार्यक्रम हुन सकेका छन् । पर्यटन वर्ष सकिन अब एक महिना र केही दिन मात्रै बाँकी छँदा सरकारले बल्ल अन्तर्राष्ट्रिय स्तरमा प्रचारात्मक कार्यक्रम थाल्दैछ ।
बीबीसी र सीएनएनसँग सम्झौता
जब पर्यो राती अनि बुढी ताती भनेझैं पर्यटन बर्ष सकिन लाग्दा आउँदो सोमबार या मंगलबारदेखि बेलायतको बीबीसी र अमेरिकाको सीएनएनबाट नेपालको पर्यटन क्षेत्र सम्बन्धी जानकारीमुलक सामग्री प्रसारण तथा प्रकाशन हुँदैछन् । नेपाल भ्रमण वर्ष सफल पार्ने खालका प्रचारात्मक सामग्री प्रसारण तथा प्रकाशनको लागि पर्यटन वोर्डले सम्झौता गरिसकेको छ । ‘अब यसलाई अन्तिम रुप दिन मात्रै बाँकी छ’ पयर्टन वर्ष २०११ का राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्यले भन्नुभयो । सम्झौताअनुसार चार महिनासम्म बिबिसी र सिएनएनका सञ्चार माध्यमहरु टेलिभिजन र अनलाईनमा नेपालको पर्यटकीय क्षेत्रको बारेमा सन्देशहरु प्रशारण र प्रकाशन हुनेछन् । यसको लागि बीबीसी र सीएननलाई चार करोड रुपैंया बुझाउनुपर्ने हुन्छ ।
‘ढिलै भएपनि शुरु हुन लागेको छ । यसले सन् २०१२ को लुम्बिनी भ्रमण वर्षलाई समेत सहयोग पुग्ने आशा गरिएको छ’ शाक्यले भन्नुभयो । सन् २०११ को सुरुवातमै अन्तर्राष्ट्रिय प्रचारप्रसार शुरु गर्ने प्रकृया अघि बढेको थियो । ‘तर अख्तियारले अनियमितता भएको भन्दै रोक्न निर्देशन दिएपछि काम अघि बढ्न सकेन’ शाक्यले भन्नुभयो । प्रचारप्रसारको लागि सरकारले १३ करोड रुपैया पनि भर्खरै दिएकोले प्रचारप्रसार शुरु गरिएको उहाँको भनाई छ । शाक्यका अनुसार भारतीय र चिनिया सञ्चार माध्यममा भने २०१२ मा मात्रै नेपाल सम्बन्धि प्रचार सामग्री आउनेछ ।
कति आए पर्यटक ?
निकै ठूलो तामझाम र हल्लीखल्ली सहित शुरु भएको नेपाल पर्यटन वर्षको अवधि अब सकिनै लागेको छ । अब एक महिना र केही दिन मात्र बाँकी छँदा पर्यटन वर्षको उपलव्धी सोचेजस्तो हुन सकेको छैन । ‘बितेको १० महिनाको तुलना गर्दा झण्डै ६ लाख पर्यटक नेपाल आएको देखिन्छ’ संयोजक शाक्यले भन्नुभयो । सन् २०११ सकिँदा यो संख्या ८ लाख पुग्ने अनुमान गरिएको छ । ‘योजना अनुसार काम भएको भए १० लाख पर्यटक भित्र्याउन सकिन्थ्यो’ शाक्यले भन्नुभयो -’नेपालको काम गर्ने प्रकृया नै ढिलो हुँदा योजना अनुसार हुन नसकेको हो ।’
व्यवसायी उत्साहित
सरकारको काम गर्ने पारा निराशलाग्दो देखिएपनि पर्यटन व्यवसायी भने उत्साहित छन् । सरकारी पक्षको उदासिनता र पूर्वाधारको कमीले पनि लक्ष्यभन्दा दुईलाख मात्र कम पर्यटक भित्रिन सक्नु आशालाग्दो संकेत भएको उनीहरुको भनाई छ । ‘पर्यटन वर्षका कारण सिजनमा सबै २८ हजार कोठा भरिएको छ’ नेपाल ट्राभल एजेन्सी एसोसियनका अध्यक्ष अर्जुन शर्माले भन्नुभयो -’अब हामीले अफ सिजनमा पनि पर्यटक तान्न सक्नुपर्छ ।’ भ्रमण वर्ष घोषणा गर्दा अमेरिका लगायत युरोपेली देशले सुरक्षा अवस्था राम्रो नभएको भन्दै नेपाललाई जोखिमपूर्ण देशको सुचीमा राखेका थिए । यो आशंका हटाउने गरी अन्तर्राष्ट्रिय स्तरमा समयमै प्रचारात्मक कार्यक्रम पनि हुन सकेन । पर्यटन वर्ष सफल बनाउनको लागि सरकार र सम्बन्धित निकायबीच तालमेल पनि हुन सकेन । यही बीचमा पर्यटन बोर्डका कार्यकारी निर्देशक पनि नियुक्त हुन सकेन । यसो हुँदाहुँदै पनि पर्यटकको संख्या बढेको भन्दै व्यवसायी र आयोजक केही मख्ख छन् ।
‘गएको वर्ष ६ लाख पर्यटक नेपाल आएका थिए, चालु वर्षको पहिलो १० महिनामा २२ प्रतिशतले बृद्धि भएको छ । यो सकारात्मक सन्देश हो’ पयर्टन वर्ष २०११ का राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्यले भन्नुभयो -’यही गतिले बढ्ने हो भने सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउन सकिन्छ ।’
लमजुङ मंसिर ६
एनसेल मोबाइलको टाबर निर्माण पश्चात बाँकी समाग्री लिएर मनाङबाट फर्किएका मजदुरहरु ढुवानी खर्च नपाएर मर्कामा परेका छन् ।
९५ हजार रुपैयाँमा चामेबाट च्याम्चे सम्म समान ढुवानी गर्ने संझौता गरेपनि कम्पनीका प्रतिनिधीले ५५ हजार रुपैया मात्र भुक्तानी दिई फरार
तनहुँ मंसिर ४
गण्डकी विकास बैकले आइतबारदेखी तनहुँकेा दमौलीमा आर्थिक कारोबार शुरु गरेको छ । दमौलीमा पछिल्लो पटक स्थापना भएको गण्डकी विकास बैकको दमौली १२ औं शाखा हो ।
कात्तिक २३ - सरकारले गिटी, बालुवा ढुङ्गा भारततर्फ निकासीमा रोक लगाएपछि सुनसरी भन्सार कार्यालय कोसी ब्यारेजको राजस्व ८५ प्रतिशत प्रभावित भएको छ ।
कार्यालयका अनुसार यस आर्थिक वर्षमा तीन करोड ६८ लाख ९१ हजार रुपैया राजस्व उठाउने लक्ष्य रहेकामा हालसम्म ८३ लाख ६८ हजार ४ सय ५६ रुपैयाँ मात्र राजस्व उठ्न सकेको छ । त्यस्तै गत आर्थिक वर्षमा ११ करोड १२ लाख रुपैया राजस्व उठाउने लक्ष्य रहेकामा तीन करोड ४५ लाख रुपैया राजस्व मात्र उठ्न सकेको थियो ।
लक्ष्यअनुसारको राजस्व नउठ्नुको कारण गिटी, बालुवा ढुङ्गा भारततर्फ निकासीमा रोक लगाउनु भन्सार अधिकृत तोमनाथ उप्रेतीले बताउनुभयो ।source: onlinekhabar.com
काठमाडौं, असोज २५
प्रधान मन्त्री बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुलाई स्वदेशमा लगानी गर्नका लागि आह्वान गरेका छन्। उनले सन् २०१२-१३ लाई नेपाल लगानी वर्ष घोषणा गर्ने तयारी भइरहेको बताउँदै नेपालको आर्थिक विकासका लागि लगानीको आह्वान गरेका हुन्।