मगर विद्यार्थी संघको महाधिवेशनको तयारी अन्तिम चरणमा
इ तनहुँ संवाददाता
तनहुँ , माघ ११
नेपाल मगर विद्यार्थी संघको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ १३, १४ र १५ गते दमौलीमा हुने संघको सातौँ महाधिवेशनको तयारीको क्रममा महाधिवेशन स्थल दमौलीमा प्रचार प्रसारका कामहरु तीव्र पारिएको छ । दमौली बजारका विभिन्न स्थानहरुमा महाधिवेशनको व्यानर र पर्चा टाँगिएका छन् । यसले दमौली महाधिवेशनमय भएको छ । दमौली प्रवेश गर्ने स्थानहरुमा स्वागत गेटको पनि निर्माण गरिएको छ ।
‘मगरात स्वायत्तता सहितको अखण्ड र समृद्ध नेपाल निर्माणका लागि हाम्रो आन्दोलन, वैज्ञानिक, व्यवहारिक र संघीय शिक्षा प्रणालीको पक्षमा सातौँ राष्ट्रिय महाधिवेशन’ भन्ने मूल नाराको साथ आयोजना हुने महाधिवेशनमा देशभरबाट ४ सय प्रतिनिधिहरुको सहभागिता रहने नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य एवं सातौँ महाधिवेशनका आयोजक समितिका संयोजक सुमन थापा मगरले जानकारी दिएका छन् । महाधिवेशनको अर्थमन्त्री वर्षमान पुनले उद्घाटन गर्नेछन् ।
महाधिवेशनमा मगर समुदायको सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिने छ । महाधिवेशनको ९० प्रतिशत काम पूरा भएको प्रचारप्रसार समितिका संयोजक गोम बहादुर राना मगरले जानकारी दिए । महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी जिल्लाभरका मगरजातिका व्यक्तिहरु दमौली आउने बताईएको छ । तनहँुमा बसोबास गर्ने जातिहरुमध्ये मगरजातिका व्यक्तिहरुको संख्या सबैभन्दा धेरै रहेको छ । तनहँुमा २८ प्रतिशत मगरहरु बसोबास गर्छन् । यो संख्या नेपालमा सबै भन्दा धेरै रहेको जनाईएको छ ।

1 comments
Write Down Your Responses
October 22, 2014 at 8:12 PM
रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: