छोराद्धारा बाबुको हत्या
इ तनहुँ संवाददाता
तनहुँ मंसिर २५
तनहुँ छाङ -७ घडेरीमा आइतबार एक युवकले खुर्पा प्रहारगरी आफ्नै बाबुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार २३ वर्षीय अनिल गुरुङ्गले आफ्नै बाबु ५२ वर्षीय होम बहादुर गुरुङ्गको घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।
अनिललाई प्रहरीले नियन्त्रणमा लिईसकेको र हालसम्म घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
0 comments
Write Down Your Responses