इ तनहुँ संवाददाता
तनहुँ चैत्र २४
नेपाल तरुण दल तनहँुको आयोजनामा आइतबारदेखि दमौलीमा सञ्चालित जिल्लास्तरीय अन्तर गाविस÷नपा पुरुष भलिबल प्रतियोगिताको उपाधि भानुमति गाविसले जितेको छ । उपाधिको लागि शुक्रबार गजरकोट गाविससँग निकै प्रतिस्पर्धाका साथ भएको खेलमा भानुमति २५–१६, २७–२५ र १५–६ को सेटमा विजयी भएको हो ।
भानुमतिलाई उपाधि दिलाउन सो टिमका प्रमुख खेलाडी सुनिल श्रेष्ठको महत्वपूर्ण हात रहेको थियो । सशस्त्र प्रहरीका सुनिल नेपाली राष्ट्रिय टोलीका प्रमुख खेलाडी पनि हुन् । उनी सहितको सशस्त्रको टिमले हालै धनगढीमा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा भलिबलको उपाधी जितेको थियो ।
जिल्लामा पछिल्ला वर्षहरुमा सञ्चालित भलिवल प्रतियोगितामा भानुमति गाविस लगातार विजयी हुँदै आएको छ । यस अघि जिल्ला खेलकुद विकास समितिको आयोजनामा २०६४, २०६५ र २०६६ सालमा सञ्चालित जिल्ला स्तरीय रनिङ सिल्ड भलिबल प्रतियोगितामा लगातार विजयी भई भानुमतिले सो रनिङ सिल्ड सधैका लागि आफ्नो कब्जामा लिएको थियो ।
शनिबार गजरकोट गाविससँग भएको खेलको सुरुको नतिजा भानुमतिको पक्षमा नभएपनि पछि सम्हालिँदै सो टिम पुरानै लयमा फर्किएको थियो । आफ्नो टिमले जित हासिल गरेपछि प्रतिक्रिया दिँदै सुनिलले भानुमतिले यस पटक पनि आफूलाई अब्बल टिमको रुपमा साख जोगाउन सकेको बताए । भानुमति गाविसका पछिल्ला उत्पादन खेलाडीहरुले अझै मिहीनेत गर्नुपर्ने उनको भनाई थियो ।
जितसँगै भानुमतिले ५० हजार नगद पुरस्कार, शिल्ड तथा प्रमाणपत्र हात पारेको छ । दोस्रो हुने गजरकोटले ३० हजारमा चित्त बुझाउनु प¥यो । त्यस्तै फिरफिरेले तेस्रो स्थान हात पारेको थियो । उसले २० हजार नगद पुरस्कार प्राप्त गरेको छ । सान्त्वना भने बैदी गाविस भएको छ ।
प्रतियोगितामा गजरकोटका खेलाडीहरुले विभिन्न ३ विधामा उत्कृष्ट खेलाडीको पुरस्कार हात पारेका छन् । सर्वाेत्कृष्ट खेलाडी गजरकोटका भरत ठडराई, सर्वाेत्कृष्ट सटर गजरकोटकै विजय थापा र सर्वाेत्कृष्ट लिफ्टर पनि गजरकोटकै दर्शन थापा भएका छन् । त्यस्तै सर्वाेत्कृष्ट डिफेन्डर भने बैदी गाविसका इश्वर थापा र सर्वाेत्कृष्ट ब्लकर भने फिरफिरेका धिरजसिंह ठकुरी भए । प्रतियोगितामा विजयी गाविस तथा खेलाडीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामशरण महत र नेपाल तरुण दलका निवर्तमान केन्द्रीय महासचिव पुष्प पराजुलीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा २८ गाविस र १ नगरपालिकाको सहभागिता रहेको थियो ।

तनहुँ चैत्र २०
खैरेनीटार महोत्सव अन्र्तगत आयोजना गरिएको भलिबल प्रतियोगिताको उपाधी शिलादेवी 'ए' ले हात पारेको छ । प्रतियोगितामा भानुमती युवा क्लवले दोश्रो स्थान हासिल गरेको छ । सोमबार भएको खेलमा भानुमती युवा क्ल्वलाई हराउँदै शिलादेवी 'ए'ले भलिबल प्रतियोगिताको उपाधी पाएको हो ।
प्रतियोगिताको विजयी टोलीलाई सोमबार महोत्सव समापनका अवसरमा प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष चण्डीराज ढकालले पुरस्कार वितरण गरे । प्रतियोगितामा प्रथम र द्धितीय स्थान हासिल गरेको समुहलाई क्रमशः ३० हजार २० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको खेलकुद व्यवस्थापन उपसमितिका संयोजक महादेव गुरुङले बताए । प्रतियोगितामा जिल्लाका १६ टिमको सहभागिता रहेको थियो ।
इ तनहुँ संवाददाता
तनहुँ, माघ ११
जिल्ला बुद्धिचाल संघ तनहुँको अध्यक्षमा चन्द्रमोहन अधिकारी चयन भएका छन् । संघको बुधबार दमौलीमा सम्पन्न तेस्रो अधिवेशनबाट अधिकारी अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन् । अधिवेशनबाट उपाध्यक्षमा रुद्रकुमार श्रेष्ठ र भरत पोख्रेल, सचिवमा संगम सापकोटा, कोषाध्यक्षमा मदन गिरी र सदस्यहरुमा पवित्रा वाग्ले, कस्मी श्रेष्ठ, विजेन्द्र श्रेष्ठ, चिजकुमार श्रेष्ठ रहेका छन् ।
यसअघि अधिवेशनको नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष राजेश हरि जोशीले उद्घाटन गरेका थिए । निर्वाचित कार्यसमितिमा थप ४ जना मध्ये कार्यसमिति र जिल्ला खेलकुद विकास समितिले २/२ जना सदस्य मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिए ।
यसैबीच काठमाडौंमा हुने आगामी अधिवेशनमा तनहुँबाट रेटेड खेलाडी तथा अध्यक्ष चन्द्रमोहन अधिकारी र सदस्य विजेन्द्र श्रेष्ठलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरिएको सचिव संगम सापकोटाले बताए ।

तनहुँ पुस १४
तनहुँमा बिहीबार उसु संघ गठन भएको छ । मोहनकुमार श्रेष्ठको अध्यक्षतामा गठित संघको उपाध्यक्षमा विजयकुमार गुरुङ्ग सचिवमा मोहन गिरी कोषाध्यक्षमा निरुराज आले रहेका छन् ।

तनहुँ पुस ६
हैरान्स क्लबको आयोजनामा दमौलीमा जारी जिल्लाव्यापी अन्र्तक्लब फुटबल प्रतियोगिताको उपाधी नवयुवा क्लब हाईस्कुलटारले जीतेको छ । जनसेवा क्लब ढोरफिर्दीलाई २-० को गोल अन्तरले नवयुवाले पाँचौ हैरान्स कपको उपाधी हात पारेको हो ।

पवन पौडेल
तनहुँ पुष ५
हैरान्स क्लबको आयोजनामा दमौलीस्थित खेल मैदानमा जारी हैरान्स कप अन्र्तक्लब जिल्लाव्यापी फुटबल प्रतियोगिताको सेमिफाईनलमा जनसेवा क्लब ढोरफिर्दी प्रवेश गरेको छ । आयोजक हैरान्स क्ल्बसंग भएको क्वार्टरफाईनल खेलमा २/० गोलअन्तरले विजयी हुँदै जनसेवाले सेमीफाईनलको यात्रा तय गरेको हो ।
जनसेवाले खेलको पहिलो हाफमा १ गोल र दोश्रो हाफमा अर्को गोल थपी सेमीफाईनल यात्रा तय गरेको थियो । घरेलु मैदान भएपनि आयोजक हैरान्स क्लबले यसको फाईदा लिन सकेन । तुलनात्मक रुपमा कम उमेरका र होचा भएपनि जनसेवाका खेलाडिले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
खेलको दोश्रो हाफमा हैरान्सले बढी जसो बल आफ्नो नियन्त्रणमा लिएपनि उत्कृष्ट प्रहार गर्नबाट भने उ चुकेको थियो । बढी पास खेल्ने हैरान्सको नीतिलाई जनसेवाका खेलाडिले सफल हुन दिएनन् । पटक पटक पोष्टतिर लगेको बल पनि हैरान्सका खेलाडिको तालमेल नमिल्दा गोल हुनबाट रोकिएको थियो ।
यसैबिचआज दोभान युवा क्लब र नव युवा क्ल्ब हाईस्कुलटारबिच हुने भनिएको दोश्रो खेल स्थगित भएको छ । दोभान र व्यास ११ बिच भएको आईतबारको खेलमा तनाब भएपछि आयोजकले व्यास युथ क्लबलाई निष्कासन गरेपनि दोभान क्लबसंग सहमति भएर दुबै टिम मिलेर आएमा पुन खेल खेलाउने भनेको थियो । तर दोभान र व्यास युथ क्लबबिच कुरा नमिलेपछि सो प्रयास सफल हुन सकेन ।
त्यसैगरी दोभान र नवयुवाबिच आयोजकले तय गरेको खेल खेल्न दोभानका खेलाडि नआएपछि सो खेल पनि रद्ध भएको आयोजकले घोषणा गरेको छ । दोभान र व्यास युथ क्लबबिच सहमति भएमा पुन खेल खेलाईने आयोजकले बताएको छ ।

दमौली पुष २
पहिलो हाफमा जसर्ी नम्बर ७ का प्रेम आलेको प्रहार फर्काएका गोलरक्षकले सोही बललाई जसर्ी नम्बर ८ का फिरोज थापाले हान्दा जोगाउन सकेनन् । त्यस लगत्तै नवयुवाका जसर्ी नम्बर १४ का मक्करे गुरुङ्गले फेरी अर्को गोल थपी पहिलो हाफमा २-० ले अग्रता लियो । दोस्रो हाफमा जसर्ी नम्बर १४ का मक्करे गुरुङ्गले ५ र जसर्ी नम्बर ७ का प्रेम आलेले २ गोल गरी खेल सहजै आफ्नो पक्षमा पार्न सफल भए । खेल अवधिभर न्यु भिजनमाथि हावी भएको नवयुवाले हैरान्स कप अन्तर्गत भएका खेलहरुमध्ये सर्वाधिक गोल गर्न सफल भएको छ ।
बन्दका कारण खेल स्थगित
तरुण दलका चितवन अध्यक्ष शिव पौडेलको मृत्यु भएको विरोधमा तरुण दलले बन्द कारण शनिबार हुने भनिएको दोस्रो खेल स्थगित भएको छ । शनिबार जनसेवा युवा क्लव ढोरफिर्दी र शुक्लागण्डकी क्लव दुलेगौंडाबीच हुने खेल बन्दका कारण स्थगित भएको हो ।
आयोजक हैरान्स क्लवका अध्यक्ष रविन पौडेलले स्थगित गरिएको खेल आइतबार बिहान ११ बजे हुने जानकारी दिए ।
दमौली पुष २
- बन्दका कारण खेल स्थगित

काठमाडौ, पुस २
नेपाली गल्फका सर्वाधिक सफल प्रो शिवराम श्रेष्ठले १५
औं उपाधिका रूपमा सीएमएस ओपन गल्फ शुक्रबार जितेका छन् । उनले सूर्य
शर्मालाई चार स्ट्रोकले पछि पार्दै यो सिजनको चौथो प्रतियोगिता जिते ।
यसअघि उनले सूर्य नेपाल गल्फ टुर-२०११/१२ को वेस्टर्न ओपन, सेन्ट्रल ओपन र
स्वणिर्मा ओपनमा पहिलो स्थान हात पारेका थिए । 'उपाधिको सूची लम्ब्याउन
पाएकामा निकै खुसी लागेको छ,' उनले भने, 'स्कोर भने राम्रो
रहेन । राम्रो लयमा छु । तर कोर्स कठिन बनाइएकाले राम्रो स्कोर बनाउन गाह्रो भयो ।'
घरेलु प्रतियोगिताकै सर्वाधिक ५ लाख रुपैयाँको प्रतियोगितामा शिवरामले एक
लाख १० हजार पाउनेछन् । सूर्यको भागमा ७२ हजार रुपैयाँ हुनेछ । उनीहरूले
पुरस्कार आइतबार पाउनेछन् ।
आरएनजीसीका शिवरामले अन्तिम तथा तेस्रो दिन शुक्रबार २ ओभर ७४ स्कोर गरे ।
फ्रन्ट नाइन १ अन्डर ३५ मा टुंग्याए पनि ब्याक नाइनमा ३ स्ट्रोक बढी
खेलेपछि सूर्यसँगको अन्तर छोटिएको थियो । उनले अघिल्ला दुई दिन उनको स्कोर
अन्डरमा थियो । उनको कुल स्कोर १ अन्डर २ सय १५ रह्यो ।
उपविजेता सूर्यले ३ ओभर २ सय १९ को कार्ड बनाए । उत्कृष्ट प्रदर्शन गर्दै
अन्तिम १८ होलमा १ अन्डर ७१ स्कोर गरे । उनीसँगै अनुभवी दीपक थापामगरको
स्कोर दिनकै उत्कृष्ट रह्यो । दीपक कुल १३ ओभर २ सय २९ मा सञ्जय लामा र
राम थापासँगै संयुक्त आठौंमा रहे । ५ ओभर २ सय २१ स्कोरसँगै तोरणविक्रम
शाही तेस्रो भए । तीन स्ट्रोक अन्तरमा रवि खड्का र रमेश नगरकोटी संयुक्त
चौथोमा रहे ।
छैटौंमा रहेका सीबी भण्डारीको स्कोर १० ओभर २ सय २६ रह्यो । सातौंका रमेश
अधिकारीले २ स्ट्रोक बढी खेले । टासी छिरिङ ६ ओभर २ सय २२ मा एमेच्योर
विजेता भए । विकास बोगटी २ स्ट्रोक पछि परे ।
इ तनहुँ संवाददाता
तनहुँ मंसिर २७
हैरान्स क्लबको आयोजनामा दमौलीमा जारी जिल्लाव्यापी अन्तरक्लब फुटबल प्रतियोगितामा मंगलबार दोभान युवा क्लव भादगाउँ र शुक्लागण्डकी युवा क्लव दुलेगौंडा विजयी भएका छन् । दोभान र नवयुनाइटेड खैरेनीटारबीच भएको पहिलो खेलमा दोभान ३-१ अन्तरले विजयी भएको हो । त्यस्तै मंगलबार नै शुक्लागण्डकी र बागबजार व्यास-११ बीच भएको दोस्रो खेलमा शुक्लागण्डकी ३-१ ले विजयी भयो ।
बुधबार व्यास युवा क्लव व्यास-११ र बन्दिपुर युवा क्लव तथा शुक्लागण्डकी र युनाइटेड क्लव छिर्कनेबीच खेल हुनेछ ।

दमौली मंसिर २६
हैरान्स क्लबको आयोजनामा दमौलीमा जारी जिल्लाव्यापी अन्र्तक्लब फुटबल प्रतियोगितामा सोमबार न्यु भिजन क्लव र जनसेवा युवा क्लव विजयी भएको छ । प्रतियोगिताको पहिलो चरण अन्तर्गत सोमबार भएको न्यु भिजन क्लब र ग्लोबल युनिटीबीचको पहिलो खेलमा निर्धारित समयमा दुवै टिमबीच १-१ को बराबरी भएकामा ट्राई ब्रेकरबाट ४-३ को गोल अन्तरले न्यु भिजन विजयी भएको हो ।
त्यस्तै आयोजक हैरान्स क्लब बि र ढोरफिर्दीको जनसेवा युवा क्लबबीच भएको दोस्रो खेलमा ४-१ को फराकिलो अन्तरले हैरान्सलाई हराउँदै जनसेवा क्लव विजयी भयो । खेलअवधिभर हैरान्सलाई नियन्त्रणमा राख्न सफल जनसेवाले उत्कृष्ट खेल कौशल प्रयोग गरी प्रतियोगिता सहजै जित हात पारेको हो ।
मंगलबार युनिटी क्लव खैरेनीटार र दोभान युवा क्लब भादगाउँ तथा बागबजार क्लब दमौली र शुक्लागण्डकी युवा क्लव दुलेगौंडा क्रमश विहान र दिउँसो खेल्नेछन् ।

दमौली मंसिर २५
हैरान्स क्लबको आयोजनामा दमौलीमा जारी पाँचौं हैरान्स कप जिल्लास्तरीय अन्तरक्लब फुटबल प्रतियोगिता अन्र्तगत आइतबार दुई खेल सम्पन्न भएका छन् । दमौली खेल मैदानमा जारी प्रतियोगिता अन्र्तगत आइतबार भएको खेलमा नव युवा क्लब हाइस्कुलटार र भन्सार युवा क्लव विजयी भएको छ ।
नवयुवा र काहुँ मिलन युवा क्लब झापुटारबीच भएको पहिलो खेलमा नवयुवा १-० गोल अन्तरले विजयी भयो । नव युवाका लागि एकमात्र गोल खेलको दोस्रो हाफमा फिरोज आलेले गरेका थिए । त्यस्तै छपेली युवा परिवार बन्दिपुर छाप र भन्सार युवा क्लबबीच भएको दोस्रो खेलमा निर्धारित समयमा १-१ गोल भएपछि ट्राइबेकरमा भन्सार ४-२ ले विजयी भयो ।
प्रतियोगिता अन्र्तगत सोमबार बिहान न्यु भिजन र ग्लोबल युनिटी र जनसेवा क्ल्ब र दिउँसो हैरान्स क्लव 'बि' बिच प्रतिष्पर्धा हुने आयोजक हैरान्स क्लवका अध्यक्ष रविन पौडेलले बताए ।

२५ मंसिर, काठमाडौं । अफगानिस्तानले राजधानीमा सम्पन एसिसी ट्वान्टी-२० कप क्रिकेटको उपाधिका जितेको छ । आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल भिडन्तमा हङकङमाथि ८ रनको जित हात पार्दै अफगानिस्तानले एसिसी ट्वान्टी-२० कप क्रिकेटको उपाधिमा हृयाटि्रक गरेको हो ।
अफगानिस्तान सन् २००७ र २००९ को पनि विजेता हो । पहिलो संस्करणमा भने अफगानिस्तान र ओमान संयुक्त रुपमा उपाधि जितेका थिए । अफगानिस्तानले प्रस्तुत गरेको १ सय २५ रनको लक्ष्य पछ्याएको हङकङ ३ बल बाँकी छँदा १ सय १७ रनमा अल आउट भयो । हङकङका जमिईक अटिकसोनले ३५ रन जोडे पनि टोलीको हार पार्न सकेनन् ।
यसअघि पहिले व्याटिङ गरेको अफगानिस्तान अन्तिम एक बल बाँकी छँदा १ सय २५ रन जोड्दा अल आउट भएको थियो । अफगानिस्तानका लागि नावीले ५० बलमा ५३ रन बनाएका थिए । अफगानिस्तानलाई मध्यम योगफलमै समेट्ने क्रममा मुनिर दरले ५ विकेट लिएका थिए ।

पवन पौडेल तनहुँ मंसीर २४
हैरान्स क्लवको पाँचौ बार्षिकोत्सवको अबसरमा दमौलीमा हैरान्स कप शुरु भएको छ । पाँचौ हैरान्स कपको शनिवार राष्टि�्रय खेलकुद परिषदका सहसचिव कमल खनालले उद्घाटन गरे ।
हैरान्स क्लव र लोकतान्त्रिक युवा समाज चापाघाटबिच भएको उद्घाटन खेल 2-0 गोलअन्तरले आयोजक हैरान्स क्लब विजयी भएको छ । हैरान्स क्लवका तर्फबाट दोश्रो हाफमा कुमार गुरुङ र रमेश श्रेष्ठले गोल गरेका थिए ।
नकआउट चरणमा हुने क्लव स्तरीय प्रतियोगितामा जिल्लाका १९ टिमले सहभागिता जनाएको क्लवले जनाएको छ । धेरै लामो समयपछि दमौलीमा भएको प्रतियोगिता हेर्न दर्शकको ओइरो लागेको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै खनालले खेलाडि राष्ट�्रका गहना भएको बताए । खेलकै कारण देश विदेशबिचको सम्बन्ध समेत सुमधुर हुने भन्दै उनले राष्ट�्रको पहिचान उँचो बनाउन खेलाडीको महत्वपुर्ण भुमिका हुने धारणा व्यक्त गरे ।
क्लबका अध्यक्ष रवीन पौडेलको अध्यक्षतामा सम्पन्न खेलकेा उद्घाटन कार्यक्रममा बोल्दै तनहुँ खेलकुद विकास समितिका अध्यक्ष सुर्य बहादुर गौली तरुण दल तनहुँका अध्यक्ष बिर बहादुर थापा नेकपा एमालेका नारायण खनाल एनप्याब्सन जिल्ला सचिव दिपेश निरौला लगायतले खेलकुदको विकासमा क्लबले गरेको प्रतियोगिताले योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौं, मंसिर २०
नेपाल सन् १९९९ पछि साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग १-१ को बराबरी खेल्दै नेपाल सेमिफाइनल पुगेको हो।

नेपालले बंगलादेशलाई १-० ले पराजित गरेको थियो भने माल्दिभ्ससँग १-१ को बराबरी खेलेको थियो। नेपालले समूह 'बी'बाट ५ अंक बटुलेको छ। पाकिस्तनको अहिले ३ अंक छ। उसले तीनवटै खेल बराबरीमा चित्त बुझायो।
आजै बंगलादेश र माल्दिभ्सबीच हुने समूहचरणको अन्तिम खेलबाट समूह विजेताको टुंगो लाग्नेछ। माल्दिभ्स २ अंक र बंगलादेश १ अंक लिएर खेल्दैछन्। नेपालले भरत खबासको गोलबाट पहिलो हाफमा अग्रता लिएको थियो। त्यसलाई पाकिस्तानले दोस्रो हाफको तेस्रो मिनेटमा पेनाल्टीमार्फत् खेल बराबरीमा ल्याएको हो।

९ मंसिर, काठमाडौं । मास्टर ब्यास्टर सचिन तेन्दुलकर अन्तराष्ट्रिय क्रिकेटमा सयौं शतक बनाउन फेरि चुकेका छन् ।
सचिन सयौं सतकको किर्तिमान बनाउन मात्र ६ रनले चुकेका हुन् । वेष्टइण्डिज विरुद्धको तेश्रो टेष्टको चौथो दिन सचिन ९४ रनमा रवि रामपौलको बलमा क्याचआउट भए । आठ चौका र छ छक्काको मदतमा सचिनले १ सय ५३ बलमा ९४ रन बनाएका थिए ।
तेन्दुलकरले टेष्टमा ५१ र एक दिवसीय क्रिकेटमा ४८ औं शतक बनाइसकेका छन् । उनले आफ्नो ९९ औं शतक गत मार्चमा बनाएका थिए । त्यसपछि क्रिकेट प्रेमी उनको शसकीय सकतको प्रतिक्षामा छन् । तेन्दुलकरले हालै मात्र १५ हजार रनको किर्तिमान बनाएका थिए ।
इ तनहुँ संवाददाता
पोखरा, कार्तिक ३०
विदेशी क्लबमाथि जित्ने अभियानलाई घरेलु टिम पोखरा-११ ले सफल पोखरा कपमा मंगलबार पनि कायम राखेको छ । उसले भारतको सिक्किम युनाइटेडमाथि ३-१ को सहज जित दर्ता गर्दै अन्तिम चारमा स्थान पक्का गर्यो । विजयी टिमका उत्तम गुरुङले दुई गोल गरे ।

नयाँ दिल्ली, कात्तिक २३ (एएफपी)- वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको पाँचौँ दिन भारतले पाँच विकेटको विजय हात पारेको छ। तीन खेलको शृङ्खलामा अब भारतले १-० ले अग्रता हासिल गरेको छ।
सचिन तेन्दुलकर (७६) र वेन्कटसाइ लक्ष्मण (६१ अविजित) ले अर्ध शतक पार गरेपछि भारतले २७६ रनको लक्ष्य एक दिन बाँकी छँदै हासिल गरेको हो।
दोस्रो टेस्ट कोलकाताको इडेन गार्डेनमा अर्को सोमबार हुँदैछ।
संक्षिप्त स्कोरः
वेस्ट इन्डिज ३०४ र १८०; भारत २०९ र २७९/५
शिव शर्मा
कास्की, कार्तिक २३ - त्रिभुवन आर्मी क्लबले सफल पोखरा कपको उद्घाटन खेलमा मंगलबार विजय सुरुआत गरेको छ । आर्मीले जावलाखेल युथ क्लबलाई पोखरा रंगशालामा २-१ ले हरायो ।
अघिल्लो वर्ष बुटवलमा भएको तिलोत्तमा गोल्डकपमा आर्मीलाई हराएको जावलाखेलले पुरानो प्रदर्शन दोहोर्याउन सकेन । तिलोत्तमासँगै बि्रटिस कपमा समेत हार बेहोरेको आर्मीले पोखरा मैदानमा त्यसको बदला लिन सफल भयो । आफ्ना सबै पुराना खेलाडीको दबदबा रहँदा पनि जावलाखेलले आर्मीसँग चित्तबुझ्दो खेल पस्कन सकेन ।
जावलाखेलको कमजोर प्रदर्शनको फाइदा उठाउँदै आर्मीले सुरुदेखि नै दबाब कायम गरेको थियो । पहिलो हाफको अन्तिम मिनेटमा आर्मीले अग्रता लियो । खेलको ४४ औं मिनेटमा विपक्षी दुई खेलाडीलाई छल्दै आर्मीका नवयुग श्रेष्ठले अग्रता दिलाए । श्रेष्ठको प्रहार विपक्षी गोलकिपरले बचाउने मौका पाएनन् । खेलमा आर्मीका खेलाडी बीच देखिएको तालमेलले जावलाखेलको डिफेन्सलाई रोक्न निकै गाह्रो परेको थियो ।
एक गोल गरेपछि हौसिएको आर्मीले दोस्रो हाफमा थप आक्रामक खेल प्रस्तुत गर्यो । खेलको ६६ औं मिनेटमा आर्मीका हरि महतोले अर्को गोल गरे । आफ्ना सहकर्मी सन्तोष बस्नेतले हानेको प|mी-किकलाई विपक्षी गोलकिपरले बचाउ नगरेपछि टेकबहादुरले मिलाएको बललाई महतोले गोलमा परिणत गरे ।
थुप्रै मौका पाएर पनि गोल गर्न नसकेको जावलाखेलले २४ औं मिनेटमा पाएको पेनाल्टी अवसर पनि सदुपयोग गर्न सकेन । आर्मीका गोलकिपरले जावलाखेलका विशाल राईलाई लडाएपछि पेनाल्टी मौका पाएको थियो । पहिलो हाफमा गोल गर्न नसकेको जावलखेलले दोस्रो हाफको ७९ औं मिनेटमा एक गोल गर्ने मौका पाएको थियो । विशाल राईले मिलाएको पासलाई कर्ण लिम्बूले गोलपोस्ट नजिकैबाट गोल गरेका थिए । गोल हान्ने थुप्रै मौका पाएर पनि जावलाखेलको फितलो प्रहारले अवसर चुकेको थियो ।
आर्मीले जित हासिल गरे पनि चित्तबुझ्दो खेल आफ्ना खेलाडीले प्रदर्शन गर्न नसकेको प्रशिक्षक योगम्बर सुवालले बताए । 'खेलाडीले प्रशिक्षणमा जस्तै खेल प्रदर्शन गर्न सकेनन्, सुवालले भने, 'अर्को खेलमा अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।'
जावलाखेलका प्रशिक्षक किशोर केसीले पेनाल्टीको मौका गुमाएपछि आफ्ना खेलाडीको मनोबल गिरेको बताए । 'पेनाल्टीमा गोल गर्न नसकेपछि खेलाडी नर्भस भए,' उनले भने, 'गोल गर्ने धेरै अवसर पनि गुम्यो ।'
पूर्व राष्ट्रिय खेलाडीको सन्यास पोखरामा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भएका ईश्वर गुरुङ (चन्द्र) ले खेल जीवनबाट सन्यास लिएको घोषणा मंगलबार गरेका छन् ।
घोषणा कार्यक्रममा उनलाई एन्फाका अध्यक्ष गणेश थापाले खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरे । source:eknatipur.com
काठमाडौं, असोज २२
प्रथम दक्षिण एसियाली बिच खेलमा नेपाल आर्मीका ध्रुवप्रसाद अर्यालले नेपालका लागि पहिलो स्वर्ण दिलाएका छन्। उनले रिङ एन्ड पेकिङमा सर्वाधिक २९ दशमलव ५ अंक ल्याइ स्वर्ण दिलाएका हुन्। अर्यालले नेपाल, भारत र श्रीलंकाका गरी ११ खेलाडीलाई पछाडि पारेका थिए।

(एजेन्सी) बेलेम, असोज १३ युवा खेलाडीद्धय लुकास र नेइमारले गोल गरेपछि बुधबार दक्षिण अमेरिकाका दुई चिर प्रतिद्धन्दीबीच सम्पन्न अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा ब्राजिलले अर्जेन्टिनामाथि २-० को विजय हासिल गरेको छ।घरेलु क्लबमै व्यावसायिक फुटबल खेलिरहेका खेलाडीहरु मात्र समेटिएको खेलमा पाएको यो जितपछि ब्राजिलले दुई टोलीबीचको श्रंखला कव्जा जमाएको छ। अर्जेन्टिनाको कोर्डोबामा सम्पन्न पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको थियो। लुकासले ५४ औ मिनेटमा खोलेको ब्राजिलको खातामा नेइमारले समय सकिन १५ मिनेट बाँकी रहँदा अर्को गोल थपेका थिए। 'हामी फेरि आफ्ना समर्थकलाई यो अपार खुसी दिन सफल भएका छौ। समर्थकलाई खुसी पार्न सकेकोमा सायद आज हामी सवैभन्दा खुसी छौ,' नेइमारले भने, 'यो जित साच्चै निकै भावनात्मक र महत्वपूर्ण रह्यो।'