'नौ दिनमा फर्किन्छु भनेकाको दुई दिनमा शव आयो '
मैले जे देखे
समुन्द्र पौडेल
केही क्षण नवित्दै ‘नौ दिनमा फर्किन्छु’ भन्दै कास्की सार्दीखोलाको तातोपानीमा डुब्न गएका जंग बहादुरको अर्ध शरिर (कम्मरमाथी) को शव २ दिनमै घरको आगनमा आइपुग्यो । सेतीको हिउँ पहिरोमा श्रीमान् वेपत्ता भएको खबर सुने लगतै २ दिनदेखी भोकोपेटमा बसेकी चुनदेवी शव आडैमा बर्बराउन थालिन् । ‘यी छोराछोरीलाई कसरी पाल्ने ?’ उनी बर्बराउँदै थिइन, ‘सोच्दै नसोचेको हामीलाई छाडेर कहाँ जानुभयो ?’
अहिले म्याग्दी टोल शोकमा डुबेको छ । सबै गाउँलेको आँखा रसाएका छन् । कृष्णकुमारीको छोरी ५ वर्षिया श्रृष्टि घरमा नयाँ मान्छे आउँदा टोलाउछिन् । मृतक तिर्थ कुमारीकी ७ वर्षिया छोरी अनिशा छन्त्याल र बहिनी १२ वर्षिया गौमाया घटना सम्झदाँ पनि झस्कन्छन् ।
एैसेलु खान तुल बहादुर (गौमायाको दाई) संग तातोपानी माथीको वनमा गएका कारण उनीहरु बाढि बाट जोगिएका थिए । तातोपानी गएका रण बहादुरको परिवारका ५ मध्ये ४ सकुशल छन् ।
फेरी यस्तो कहिल्यै नहोस्
![]() |
तातोपानीमा नुहाउन भनेर शुक्रबार दिउँसो घरबाट हिडेका श्रीमान्को सेती नदीको बाढिमा परेर मृत्यु भएका जग बहादुरको अर्ध शव अगाडी आइतबार दिउँसो शोक गर्दै चुनदेवी । |
सुनसान म्याग्दी टोलमा मान्छेको चहलपहल बढ्न थाल्यो । केही क्षणमा लामा भनेर चिनेने जग बहादुरको घरमा मान्छे झुम्मिन थाले । उनको ३ कोठे घर भित्र उनकी श्रीमती चुनदेवी न्याउरो अनुहार लगाएर बसेकी थिइन् । दुई छेउमा बसेका थिए, उनका २ छोरी ।
![]() |
मृतक जग बहादुर पुनः
|
लेखनाथ नगरपालिका–१३, तल्लो गगनगौडाको म्याग्दी गाउँमा बसोबास गर्दै आएका जग बहादुर सहित १२ जनाको समुह तातोपानीमा स्नान गर्न शुक्रबार बिहान ११ बजे घरबाट हिडेका थिए । म्याग्दे टोलका उनीहरुसंगै तनहुँ दुलेगौडा एक्लेफाटका हरिकला छन्त्याल पनि सहभागी थिइन् ।
हिम बाढिमा परेर सोही समुहमा सहभागि जग बहादुर, तिर्थकुमारी, दल बहादुर पुनः र हरिकला छन्त्यालको शब फेला परिसकेको छ । दल बहादुरकी श्रीमती तिलीसरा पुन, ३ वर्षिय छोरा लेसन, कृष्णकुमारी मगर र जग बहादुरकी सासु जमुना अझै हराई रहेका छन् ।
भारतीय सेनामा कार्यरत छदाँ बस दुर्घटनामा परेर ढाडँ भाचिएका जग बहादुर ढाङ र घुडाँ दुखेपछि तातोपानीमा डुबुल्न गएका थिए । गाउँमा मजदुरी गर्दै आएका अन्यमा समेत
ढाड दुख्ने र घुँडा दुख्ने समस्याबाट पीडित थिए । उनीहरु हरेक वर्ष तातोपानीमा नुहाउन जाने गरेका थिए ।
![]() |
मृतक तिर्थकुमारी छन्त्याल |
![]() |
एैसेलु खान वनमा जादाँ जोगिएका गौमाया र अनिशा । |
एैसेलु खान तुल बहादुर (गौमायाको दाई) संग तातोपानी माथीको वनमा गएका कारण उनीहरु बाढि बाट जोगिएका थिए । तातोपानी गएका रण बहादुरको परिवारका ५ मध्ये ४ सकुशल छन् ।
0 comments
Write Down Your Responses