पत्रकार महासंघ भवनलाई प्रतिष्ठानद्वारा सहयोग
इ तनहुँ संवाददाता
तनहुँ, २९ वैशाख
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको भवन निर्माणका लागि गोकुल–अग्निशिखा स्मृति प्रतिष्ठानले ५ हजार ५ रुपैयाँ प्रदान गरेको छ । प्रतिष्ठानका अध्यक्ष त्रिभुवन श्रेष्ठ र सचिव प्रकाशचन्द्र भट्टराईले बिहीबार पत्रकार महासंघका अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक प्रेमप्रसाद पौडेललाई सो रकम प्रदान गरेका हुन् ।
प्रतिष्ठानले महासंघको भवन निर्माणको लागि सहयोग गर्नु ज्यादै सकारात्मक भएको अध्यक्ष पौडेलले बताए । महासंघको भवन निर्माणको लागि विभिन्न व्यक्ति तथा संघ संस्थाबाट सहयोग प्राप्त हुने क्रम सुरु भएको बताउँदै पौडेलले जिल्लावासीलाई पनि महासंघको भवन निर्माणमा सहयोग गर्न आग्रह गरे ।
२०६५ सालमा स्थापित यस प्रतिष्ठानले हालसम्म जिल्लामा विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिसकेको छ । प्रतिष्ठानले पत्रकारिता, शिक्षा, साहित्य, जातीय विभेद, मानवअधिकार, बालअधिकार, पर्यटन लगायतको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने १ दर्जन भन्दा बढि व्यक्तिहरुलाई सम्मान गरिसकेको छ ।
यसअघि पत्रकार महासंघ तनहुँको भवन निर्माणका लागि बन्दिपुरका पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठ, नागरिक सचेतना सञ्जाल तनहुँले १०÷१० हजार रुपैयाँ, घाँसीकुवा गाविस–७ देउराली स्थायी घर भई हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आएका सागर लोहनीले १४ हजार ३ सय ३६ रुपैयाँ, व्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २० हजार रुपैयाँ, व्यास–११ निवासी श्याम मौरातीले १५ हजार १ सय रुपैयाँ सहयोग गरेको महासंघ तनहुँका अध्यक्ष पौडेलले बताए ।
यससँगै महासंघ भवन निर्माणको लागि हालसम्म ५ लाख ७४ हजार ४ सय ४१ रुपैयाँ रुपैयाँ संकलन भएको अध्यक्ष पौडेलले बताए ।

0 comments
Write Down Your Responses