आज जनमुक्ति पार्टीको नेपाल बन्द

इ तनहुँ संवाददाता
दमौली, ३ वैशाख  

    राज्यको हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व ग्यारेन्टी भएको संविधान निर्धारित मितिमा जारी हुनुपर्ने माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले आज नेपाल बन्दको घोषणा गरेको छ ।
    संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउन गत मंसिरमा प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट बुझाइएको दशबँुदे ज्ञापनपत्र र त्यसपछि चैतमा गराइएको स्मरणपत्रको सुनुवाइ नभएपछि नेपाल बन्दको घोषणा गरेको जनाइएको छ ।
निर्धारित समयमा सार्थक संविधान नआउने संघीयताविनाको संविधान जारी गर्ने, पहिचानसहितको संघीयता आउन नदिने र मुलुकका जनजाति, दलित, महिला लगायत हक अधिकार विपरीत पछिल्ला गतिविधि भइरहेकाले आन्दोलनको विकल्प नभएको जनमुक्ति पार्टीले जनाएको छ ।

0 comments

Write Down Your Responses