विद्यार्थी भर्ना अभियान सुरु

इ तनहुँ संवाददाता
दमौली, ३ वैशाख  

    शनिबारबाट देशभर विद्यालय भर्ना अभियान सुरु भएको छ । सहस्राब्दी विकास लक्ष्य अनुसार सन् २०१५ भित्र सबै बालबालिकालाई प्राथमिक शिÔा दिने लक्ष्य सहित भर्ना अभियान सुरु भएको हो । यस अभियान अन्तर्गत आउँदो १४ गतेसम्म विद्यालयका बालबालिका भर्ना गर्ने र त्योबेलासम्म विद्यालय नआउने बालबालिकालाई विद्यालय ल्याउन घरदैलो अभियान नै चलाउने शिÔा विभागले जनाएको छ ।
    यो अभियान वैशाखभरी नै चलाउने योजना छ । यस वर्Èको भर्ना अभियानमा त्यस्ता ४० हजार बालबालिकालाई विद्यालय ल्याउने लक्ष्य राखिएको छ । शिÔा विभागले यसवर्È भर्नादर कम भएका ३५ जिल्लाका लोपोन्मुख तथा सीमान्तकृत २३ जातिका बालबालिकालाई विद्यालयसम्म ल्याउन विशेÈ कार्यक्रम सञ्चालन गरेको छ । भर्ना दर कम भएका समुदायलाई लÔित गरी अभियान सञ्चालन गरिएको विभागका महानिर्देशक महाश्रम शर्माले बताए ।
    उनका अनुसार चेपाङ, दनुवार, धानुक, झाूगड, किसान, माझी, मुसिवदिया, थुनम, बोटे, राजी, बराम, कुसुन्डा, लेप्चा, सतार, धामी, मेचे, सियार, राउटे, हायु, सिंसा र सुरेल जातीको लागि विशेÈ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सरकारले दलित विद्यार्थीलाई वार्Èिक ५ सय, कम्लरीलाई छात्रावासमा ३ हजार र घरबाटै जानेलाई तहअनुसार १५ सय देखि १८ रुपैंयासम्म छात्रवृत्ति दिने गरेको छ ।
    यसैगरी दुर्गममा छात्रा, दलित र सीमान्तकृतलाई मासिक २५ सयका दरले आवासीय छात्रवृत्ति, मावि तहका छात्रालाई १७ सय र निमाविकालाई ४ सय रुपैंया उपलव्ध गराईने विभागले जनाएको छ ।

0 comments

Write Down Your Responses