सामुदायिक वनका प्रतिनिधिलाई मौरी घार वितरण
इ तनहुँ संवाददाता
तनहुँ, ३० चैत्र
जिल्ला वन कार्यालय तनहुँले पुर्कोट–१ स्थित बागेश्वरी सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिलाई मौरी सहितको घार वितरण गरेको छ । कार्यालयले आ.व. ०६८÷०६९ मा सञ्चालन गरको सामुदायिक वन विकास कार्यक्रम अन्तर्गत लघु उद्यम विकास कार्यक्रम मार्फत् उक्त सामुदायिक वनका प्रतिनिधिलाई १५ वटा मौरी घार वितरण गरेको हो ।
बुधबार बन्दिपुर गाविस–६, विमलनगरमा आयोजित कार्यक्रममा जिल्ला वन कार्यालय तनहुँका प्रमुख रामबाबु पौडेलले सामुदायिक वनका प्रतिनिधिलाई मौरी घार वितरण गरे । कार्यक्रममा बोल्दै पौडेलले बिना लगानीमा मौरीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले कार्यालयले मौरी घार वितरण गरेको बताए ।
‘निर्वाहमुखी भन्दा व्यवसायीमुखी मौरीपालन गर्न सके यसबाट राम्रो आम्दानी लिन सकिन्छ,’ पौडेलले भने, ‘सामुदायिक वन उपभोक्ता समिति मार्फत् यो कार्यक्रम विस्तार गर्न सके अझ प्रभावकारी हुन्छ ।’
गत वर्ष पनि लघु उद्यम विकास कार्यक्रम मार्फत् कार्यालयले देवघाटस्थित कालिका सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिलाई १५ वटा मौरी सहितको घार वितरण गरेको पौडेलले बताए । ‘त्यसबाट मौरीपालक कृषकले एउटा घारबाट १२ हजारसम्म आम्दानी गर्न सकेका रहेछन्,’ उनले भने ।
बुधबार वितरण गरिएको मौरी सहितको घारलाई प्रति घार ४ हजार रुपैयाँ पर्ने जिल्ला वन कार्यालय तनहुँका सहायक वन अधिकृत गोविन्दराज पाण्डेले बताए । ‘टोपी, मदनी, पन्जा बाहेक प्रति घारलाई ४ हजार रुपैयाँ पर्छ,’ उनले भने ।

0 comments
Write Down Your Responses