व्यासनगरपालिका कालो प्लाष्टिक मुक्त क्षेत्र घोषणा
इ तनहुँ संवाददाता
तनहुँ, ३० चैत्र
तनहुँको व्यास नगरपालिकालाई कालो प्लाष्टिमुक्त क्षेत्र घोषणा गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सक्रियता र व्यास नगरपालिकाको सहयोगमा व्यास नगरपालिकालाई कालो प्लाष्टिक मुक्त घोषणा गरिएको हो ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी नयाँ वर्षसँगै नगरपालिकालाई कालो प्लाष्टिक मुक्त घोषणा गरिएको हो । कालो प्लाष्टिकको प्रयोगबाट मानिस र वातावरणमा गम्भीर असर पर्ने भन्दै तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइले नगरपालिकालाई कालो प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्न पहल गरेको थियो ।
कार्यक्रममा वातावरणविद् एवं रसायनशास्त्रका सहप्राध्यापक डा. अक्कलदेव मिश्रले कालो प्लाष्टिकमा बढि कार्वन हुने भएकाले यसले मानिस र वातावरणमा नराम्रो असर पु¥याउने बताए ।
कालो प्लाष्टिकमा हुने केमिकले मानव शरीरमा ब्रेन क्यान्सर, श्वासप्रश्वास, रक्तसंचार, पाचन प्रणालीमा ठूलो असर पु¥याउने हुँदा यसलाई रोकथाम गर्न नगरपालिकाकालाई कालो प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरिएको इकाई सभापति बैकुण्ठनाथ मिश्रले बताए ।
व्यास नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र तिवारीले पहिलो चरणमा कालो प्लाष्टिकलाई मात्र निषेध गरिएको र विस्तारै प्लाष्टिकलाई नै न्यूनिकरण गर्ने अभियान चालिने बताए । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष देवकुमार श्रेष्ठले कालो प्लाष्टिकले मानव जीवनमा प्रत्यक्ष गम्भीर असर पार्ने भएकाले तनहुँ जिल्लालाई नै प्लाष्टिकमुक्त क्षेत्र बनाउन लागिपनुपर्ने बताए । व्यास नगरपालिकाका संस्थापक मेयर ताराप्रसाद श्रेष्ठ, प्रहरी नायब उपरिक्षक गौतमराज कट्टेल लगायतले घोषणा मात्रै गरेर नहुने भएकाले प्रभावकारी अनुगमन हुनुपर्नेमा जोड दिए ।

0 comments
Write Down Your Responses