सद्भावनाको अन्चलस्तरीय भेला दमौलीमा हुने
इ तनहुँ संवाददाता
तनहुँ चैत्र २९
सद्भावना पार्टीको गण्डकी र धौलागिरी अंचल स्तरीय कार्यकर्ता प्रशिक्षण तनहुँको दमौलीमा हुने भएको छ । सद्भावना पार्टीको जिल्ला कार्य समिति तनहुँको बुधबार दमौलीमा बसेको भेलाले प्रशिक्षण लागि आवश्यक तयारी गर्ने निर्णय गरेको पार्टिका केन्द्रिय सदस्य नरेन्द्रराज वाग्लेले जानकारी दिए ।
भेलाले आगामी वैशाख १० र ११ गते दमौलीमा गण्डकी र धौलागिरी अंचल स्तरीय कार्यकर्ता प्रशिक्षण गर्ने निर्णय भएको उनले बताए । बैठकले भेलामा पार्टिका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोलाई समेत उपस्थित गराउने निर्णय गरेको छ ।
0 comments
Write Down Your Responses