सापकोटा कल्याण केन्द्र गठन
इ तनहुँ संवाददातातनहुँ चैत्र २९
तनहुँमा बसोबास गर्दै आएका सापकोटाहरुको बुधबार दमौलीमा सम्पन्न भेलाले सापकोटा कल्याण केन्द्र तनहुँ गठन गरेको छ । केन्द्रको अध्यक्षमा दुर्गादत्त सापकोटा रहेका छन् ।
केन्द्रको उपाध्यक्षमा तुलसी सापकोटा सचिवमा बाबुराम सापकोटा कोषाध्यक्षमा अम्बिका सापकोटा रहेका छन् भने सदस्यहरुमा तुलसी सापकोटा गुरुप्रसाद सापकोटा लक्ष्मी सापकोटा कमल सापकोटा अर्जुन सापकोटा र प्रजापति सापकोटा रहेका छन् ।
केन्द्रका केन्द्रिय सदस्य बुद्धिसागर सापकोटाको प्रमुख आतिथ्यतामा आयोजित भेलाले तनहुँ शाखाको सल्लाहकाहरुमा संगम सापकोटा रामचन्द्र सापकोटा आरसी सापकोटा र राधिका सापकोटालाई चयन गरेका छन् । केन्द्रले सापकोटाहरुको वंशावली तयार पार्ने र आपसी सद्भाव र सहयोग बढाउन मद्दत पुग्ने केन्द्रका कास्की सदस्य अम्बिका सापकोटाले जानकारी दिइन् ।
0 comments
Write Down Your Responses