जनमुक्तिको बन्दले जनजीवन प्रभावित, ५ कार्यकर्ता पक्राउ
इ तनहुँ संवाददाता
तनहुँबैशाख ३
जनमुक्ति पार्टीले आइतबार आह्वान गरेको नेपाल बन्दको क्रममा सवारी साधन संचालनमा अबरोध पुर् याउने ५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा संघीय परिषद सदस्य हस्त बहादुर थापा व्यास नगर सदस्य कृत्तिमान थापा विद्यार्थी मोर्चाका सचिव श्रीजन थापा मगर विद्यार्थी संगठनका सदस्य केशव दर्लामी मगर र खैरेनीटार गाउँ कमिटिका अध्यक्ष जय बहादुर थापा मगर रहेका छन् ।
राजमार्गमा सवारी साधन संचालनमा अबरोध पुर् याएका कारण उनीहरुलाई पक्राउ गरीएको तनहुँका प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले बताए । पक्राउ परेका मध्ये ४ जनालाई आइतबार साँझ छाडिएको प्रहरीले जनाएको छ । बन्दको क्रममा खैरेनीटार बजारमा सवारी तोडफोडमा संलग्न जय बहादुर थापा मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बन्दका कारण आइतबार दिनभर तनहुँको जनजीवन पूर्ण रुपमा प्रभावित भएको थियो । दमौलीको मुख्य मुख्य चोकमा पार्टीको झण्डा सहित बसेका कार्यकर्ताहरु बन्द फिर्ता पश्चात फर्किएका थिए । प्रदर्शनकारीले तरकारी दुध प्रेस पर्यटक बस एम्बुलेन्स लगायतका सवारीसाधनलाई छुट दिएपनि अन्य सवारी साधनहरु सडकमा गुड्न दिएका थिएनन् ।
0 comments
Write Down Your Responses