रजत जयन्तीमा पदयात्रा


इ तनहुँ संवाददाता
तनहुँ बैशाख ३
आदिकवि भानुभक्त क्याम्पसको रजत जयन्तीको अबसरमा विद्यार्थी र शिक्षकले पदयात्रा गरेका छन् । शिक्षाशास्त्र संकाय स्नातक तह प्रथम वर्ष नेपाली समूहमा अध्ययनरत विद्यार्थी र क्याम्पसका शिक्षकले संयुक्त रुपमा २ दिनको पदयात्रा गरेका हुन् ।
३८ जनाको समुहमा २५७५ मिटर उचाईमा अवस्थित महाभारत श्रृखलाकै सबैभन्दा अग्लो छिम्केश्वरी चुचुरोको २ दिने पदयात्रा सम्पन्न गरिएको टोलीका नेतृत्व गरेका उपप्राध्यापक महाप्रसाद हड्खलेले बताए । पदयात्रा टोलीलाई क्याम्पसले १० हजार रुपैया सहयोग गरेको क्याम्पसले जनाएको छ ।


0 comments

Write Down Your Responses