मुस्लिम इत्तेहाद नगर कमिटीको अधिवेशन सम्पन्न

इ तनहुँ संवाददाता
दमौली, ३ वैशाख  

    नेपाल मुस्लिम इत्तेहाद संगठन व्यास नगर कमिटीको दोस्रो अधिवेशन शनिबार दमौलीमा सम्पन्न भएको छ । अधिवेशनले इसुफ दिन मियाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
    जसअनुसार कमिटीको उपाध्यक्षमा अकबर अलि, सचिवमा ताज महमद मिया, कोषाध्यक्षमा कुर्बान अलि मिया, उपसचिवमा मुस्तफा मिया र सदस्यहरुमा इब्राहिम मिया, रहिम मिया, जलाल दिन मिया, इसुफ मिया, जन्नत खातुन, छान्का खातुन, मैया खातुन, सलिम खातुन चयन भएका छन् ।
    नेपाल मुस्लिम इत्तेहाद संगठन व्यास नगर कमिटीका अध्यक्ष मोहमद मुस्ताफा मियाको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन समारोहमा नेकपा एमाले तनहुँका अध्यक्ष केदार सिग्देल, एमाले राष्ट्रिय प्रतिनिधि परिषदका सदस्य प्रतापलाल श्रेष्ठ, एमाले जिल्ला कमिटी सचिवालय सदस्य राजेश्वर ढकाल, मुस्लिम इत्तेहाद संगठन एवं गण्डकी इन्चार्ज रफिक मिया, केन्द्रीय सदस्य कलिला खान, व्यास नगर कमिटी अध्यक्ष वीरेन्द्र बहादुर अधिकारी, पूर्व अध्यक्ष प्रदीपराज अधिकारी, क्षेत्रीय इन्चार्ज इसुफ महमद, सचिव भूपेन्द्र कोइराला, वडा अध्यक्ष रमेश श्रेष्ठ, बुद्धिजीवि परिषद तनहुँका सचिव विष्णु बहादुर खड्का, युवा संघ तनहुँका भूपू अध्यक्ष ऋषि भुसाल, हबिबुल्लाह मिया, अव्इल मिया, बाद्धि खान, भनसुर अहमद लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

0 comments

Write Down Your Responses