प्रश्नपत्रको फोटोकपी भेटिएपछि परिक्षा स्थगित


इ तनहुँ संवाददाता
तनहुँ चैत्र २०
आइतबार हुने गणित विषयको प्रश्नपत्रको फोटोकपी बजारमा भेटिएपछि आइतवार तनहुँका सरकारी विद्यालयमा संचालित कक्षा ८ को जिल्ला स्तरिय परिक्षा स्थगित भएको छ ।
शनिवार नै बजारमा गणित विषयको प्रश्न पत्रको फोटोकपी फेला परेपछि आइतबारको परिक्षा स्थगित गरिएको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बताए । जिल्ला परिक्षा समन्वय समितिले आइतबार स्थगित गरेको गणित विषयको परिक्षा चैत्र २६ गतेलाई सारेको उनले बताए । 
शुक्रबार देखी शुरु भएको कक्षा ८ को जिल्ला स्तरिय परिक्षामा जिल्लाका २ सय ८ विद्यालयमा अध्ययनरत ७ हजार ५ सय ९६ विद्यार्थी सहभागि रहेको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ ।

0 comments

Write Down Your Responses