स्वास्थ्यकै स्टोरमा म्याद सकिन लागेका औषधी
समुन्द्र पौडेल
तनहुँ चैत्र १६
जिल्ला स्वास्थ्य कार्यालय तनहुँको स्टोरमा म्याद गुजि्रन लागेका झण्डै ७ लाख ट्याबलेट औषधी भेटिएको छ । सरकारले स्वास्थ्य संस्था मार्फत निशुल्क वितरणका लागि पठाएको भिटामिन बि कम्प्लेक्स एमो_िक्सलिन जिङ चक्की म्याद गुजि्रने अवस्थामा स्वास्थ्यको स्टोरमै भेटिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँको गोदाममा मार्चमा म्याद सकिने ५ लाख ८० हजार ट्यावलेट बिकोष्टल नामक औषधी रहेको छ । चैत्र र बैशाखमा म्याद गुजि्रने नेमोक्स औषधी ६९ हजार ट्यावलेट स्टक रहेको स्टोर शाखाका कमल के.शीले बताए ।
बैशाखमा म्याद सकिने ३५ हजार ५ सय ट्यावलेट जिङ चक्की र एक हजार एक सय बोतल मेट १०० नामक औषधी अझै स्टोरमै छन् । म्याद गुजि्रन लागेका सबै औषधी पश्चिमााचल क्षेत्रिय मेडिकल स्टोर बुटबल र पश्चिााचल क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट वितरण प्राप्त भएको के.शीले बताए ।
'माथिल्लो निकायले एकै पटकमा आवश्यकता भन्दा बढि औषधी ढुवानी गरेर पठाइदिए' के.शीले भने 'जिल्लाका स्वास्थ्य संस्थामा ढुवानी गर्दा गर्दै पनि थुपै औषधी स्टोरमै रह्यो ।' २०६७ फागुनमा पश्चिमााचल क्षेत्रीय मेडिकल स्टोर बुटबलले एकै पटक १३ लाख ६२ हजार बिकोष्टल ट्यावलेट औषधी पठाएकोमा झण्डै ६ लाख ट्यावलेट स्टोरमै रहेको छ ।
पश्चिमााचल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराले सोही औषधी २०६८ पुस ११ मा समेत १ लाख ट्यावलेट पठाएको छ । मार्च सम्म म्याद कायम रहेको औषधीको समयावधी सकिन २ दिन मात्रै बाँकी छ ।स्टालियन ल्यावेटोरी प्रा।लि गुजरात भारतद्धारा उत्पादित बिकोस्टल भिटामिन बि कम्प्लेक्स हो ।
बिकोष्टल संगै क्षेत्रीय स्टोर बुटबलले स्वास्थ्य स्टोरलाई पठाएको ८ लाख ३ हजार ट्यावलेट नेमोक्स औषधी मध्ये ६९ हजार ट्यावलेटको म्याद चैत्र र बैशाखमा सकिदै छ । क्षेत्रीय स्टोर बुटबलले नै २०६८ माघमा पठाएको ९ लाख ट्यावलेट नेमोक्स स्टोरमै मौज्दात रहेको उनले बताए । 'म्याद गुजि्रन लागेका औषधीलाई स्वास्थ्य संस्थामा पहिला पठाउनुपर्छ ।' उनले भने 'दोश्रो चरणमा आएको औषधीको म्याद डिसेम्बर सम्म छ ।' जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा चैत्र र बैशाखमा म्याद सकिने औषधीहरु वितरण भईरहेका छन् । नेशनल हेल्थ कियर प्रा.लि विरगाजद्धारा उत्पादित नेमोक्स एन्टिबायोटिक औषधी हो ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँको स्टोरमा बैशाखमा म्याद सकिने ३५ हजार ५ सय जिङ ट्वालेट र एक हजार एक सय बोतल मेट १०० औषधी रहेका छन् ।
माथिल्लो निकायले माग बिना धेरै औषधी पठाइदिदाँ औषधी खपतमा समस्या आएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख सुशिलनाथ प्याकुरेलले बताए । 'म्याद गुजि्रन लागेका सबै औषधी माथिल्लो निकायबाट जिल्लामा आएका हुन्' उनले भने 'जिल्लाबाट खरिद गरिएका औषधीमा प्रर्याप्त समयावधी छ । स्वास्थ्य विभाग र क्षेत्रीय निर्देशनालयले टेण्डर मार्फत औषधी खरिद गरि जिल्ला जिल्लामा पठाउने गरेको हो ।
म्याद गुजि्रन लागेका औषधीहरु जिल्लाका स्वास्थ्य संस्थाबाट वितरण भएको बारेमा समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले औषधीको विषयमा चाँसो देखाएको छ । स्वास्थ्य कार्यालयलाई पत्र पठाइ औषधी वितरणको बारेमा जानकारी मागेको तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पौडेलले बताए । 'केन्द्रबाटै ठूलो परिमाणमा आएका औषधीमा म्याद गुजि्रन लागेको समस्या देखिएका रहेछन् ।' उनले भने 'औषधी वितरणमा सचेत हुन कार्यालयलाई आग्रह समेत गरेका छौ ।'
0 comments
Write Down Your Responses