पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक प्रदर्शनी सुरु (फोटो फिचर)

कृष्ण न्यौपाने
तनहुँ, १९ चैत्र
 

‘औद्योगिक वस्तु प्रविधि तथा सूचना प्रविधि प्रदर्शनीमा सहभागी बनौं, स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन गरी समृद्ध नेपालको निर्माण गरौं’ भन्ने मूल नाराका साथ आइतबार तनहुँको दमौलीमा पश्चिमाञ्चल क्षेत्रीय औद्योगिक प्रदर्शनी सुरु भएको छ । पश्चिमाञ्चलका १६ वटै जिल्लाका उद्यमीलाई एकै ठाउँमा जमघट गराई स्वदेशी वस्तुको प्रवद्र्धन र लघु घरेलु उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रर्दशनीको आयोजना गरिएको हो ।


घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीको आयोजना र जिल्ला विकास समिति, व्यास नगरपालिका, तनहुँ उद्योग वाणिज्य संघ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् र कम्प्युटर एसोसिएसन अफ नेपाल तनहुँको सहआयोजनामा सुरु भएको प्रदर्शनीको कांग्रेस संसदीय दलका नेता एवं उपसभापति रामचन्द्र पौडेलले उद्घाटन गरे ।



कार्यक्रममा बोल्दै नेता पौडेलले घरेलु उद्योगको प्रबद्र्धनका लागि राज्यले ठोस नीति ल्याउनुपर्नेमा जोड दिए । घरेलु उद्योगले मुलुकको अर्थतन्त्रमा टेवा पु¥याउने भन्दै पौडेलले त्यस्ता उद्योगहरुको प्रबद्र्धनमा जोड दिएका छन् ।






२२ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा १ सय स्टल रहेका छन् । प्रदर्शनीमा निःशुल्क स्टलको व्यवस्था गरिएको छ । प्रदर्शनीमा पश्चिमाञ्चल क्षेत्रका १६ वटै जिल्लाका उद्यमीहरुद्वारा तयार गरिएका वस्तु तथा सेवा राखिएको छ ।
प्रदर्शनीको अवसरमा उद्यमी र बैंकसहरुबीच अन्तरक्रिया समेत आयोजना गरिने  छ । औद्योगिक वस्तु, प्रविधि र सूचना प्रविधि प्रदर्शन, उत्कृष्ट उद्यमी छनौट लगायत प्रदर्शनीको मुख्य आकर्षणको रुपमा रहेका छन् ।
प्रदर्शनीमा ढाकाका कपडा, बाँसजन्य उत्पादन, छालाजुत्ता, हस्तकला, खाद्यवस्तु लगायतका सामग्रीहरु राखिनेछन् । प्रदर्शनीमा उत्कृष्टलाई उत्पादनको प्रकृतिका आधारमा विभाजन गरी नगद ५ हजार र २ हजार तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रदर्शनीको ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ ।

0 comments

Write Down Your Responses