सोमाजन प्राविको वार्षिकोत्सव


इ तनहुँ संवाददाता
तनहुँ, फागुन १२
क्यामिन–६ स्थित श्री सोमाजन प्राविको ३४ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्रोत व्यक्ति कृष्णराज वाग्लेले शैक्षिक क्षेत्रमा सोमाजन प्राविले पु¥याएको योगदान महत्वपूर्ण भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बावुराम बगालेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष विननाथ लम्साल, विष्णुहरी लम्साल, काजी परियार, रामनाथ ओझा, हरिकान्त ओझा, लक्ष्मीप्रसाद पौडेल, रामकृष्ण गिरी, मदनसिंह दुरा, नविन लम्साल, विकल राना, शुभद्रा लम्साल, सुरज लम्साल लगायतले बोलेका थिए ।
प्रधानाध्यापक विष्णुप्रसाद बगालेले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका रविना ढकालले राखिन् । वार्षिकोत्सवको पूर्व सन्ध्यामा विद्यालयले अन्तर प्रावि स्तरीय खुल्ला हारिजीजवाफ प्रतियोगिता सहित विविध खेलदुक प्रतियोगिता सम्पन्न गरेको छ । वार्षिकोत्सवमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

0 comments

Write Down Your Responses