अग्नीपीडितलाई राहत वितरण


इ तनहुँ संवाददाता
तनहुँ, फागुन १३
घरमा आगो लागेपछि एक सातादेखी छिमेकीको घरमा आश्रय लिदै आएकी जिल्लाको भानुमती गाविस वडा नं. ९, कोखे निवासी धन माया वि.क लाई शुक्रबार फ्रेण्डसिप यूथ क्लव, दुलेगौडा–८,बेलचौताराले राहत वितरण गरेको छ । 
भानुमतीमा आयोजना गरिएको अग्निपीडित राहत वितरण कार्यक्रममा प्रमुख अतिथी प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले विकलाई राहत समाग्री हस्तान्तरण गरेका छन् । राहत वितरण गर्दै प्रमुख अतिथी कट्टेलले क्लवले अग्निपीडितलाई राहत प्रदान गरेर उल्लेखनीय कार्य पु¥याएको बताए । 
अग्नि पीडित विकलाई क्लवका तर्फबाट नगद ५ हजार ३ सय ५० सहित एक वण्डल जस्ता पाता, ६० केजी चामल, २० पाथी मकै, १० किलो आलु, ७ किलो दाल, ३ लिटर तोरीको तेल, २ लिटर मट्टितेल, ७ वटा कम्बल सहित लुगाफाटाहरु प्रदान गरिएको क्लवका अध्यक्ष दीर्घ बहादुर थापाले बताए । प्रमुख अतिथी कट्टेलले समेत आफ्नो व्यक्तिगत १ हजार १ सय १५ रुपैया अग्नीपीडित वि.कलाई प्रदान गरेका थिए । 
भानुमतीकै नव सिद्ध युवा क्ल्व, भानुमती ७ तनहुँले समेत वि.कलाई ४० पाथी कोदो प्रदान गरेको फ्रेण्डसिप युवा क्लवका सचिव दुर्गा प्रसाद श्रेष्ठले बताए । फागुन ५ गते साँझमा बच्चाले आगो खेलाउँदा घरमा आगलागी भएपछि एकल महिला धनमाया वि.कको ३ छोरा, २ छोरी र एक बुहारी सहित ७ जनाको परिवार अहिले छिमेकीको घरमा आश्रय लिदै आएको छन् । 


0 comments

Write Down Your Responses