भट्टराई नेतृत्वमा नयाँ संबिधान जारी : मन्त्री धमला
राम बहादुर धामी
तनहुँ, १२ फागुन
बिज्ञान तथा प्रबिधी मन्त्री कल्पना धमलाले प्रधानमन्त्री डा.बाबुराम भट्टराई कै नेतृत्वमा जनताले चाहेको नयाँ संबिधान जारी हुने बताउनुभएको छ । शारदा माध्यमिक विद्यालय धमिलीकुवा–२, गरमबेशी लमजुङ्गको ५६ औं वार्षिक उत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री धमलाले देशमा नयाँ संविधान जारी गर्नु बिकल्प नभएको बताउनुभएको छ । उहाँले सेना समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै आगामी जेठ १४ भित्र नयाँ संविधान जारी हुने विश्वास व्यक्त गनुभयो । धमलाले एक अर्को प्रसंगमा शिक्षाको गुणस्तरलाई बृद्धि गर्नका लागि बैज्ञानिक शिक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षा नितीलाई बदलेर व्यवहारिक तथा बैज्ञानिक शिक्षा निती लागु गर्नुपर्ने बताउनुभयो । शिक्षा व्यहारिक, बैज्ञानिक, सर्वसुलभ नभएकोले देशमा बेरोजगार बढेको समेत मन्त्री धमलाको भनाई रहेको छ । अहिलेको शिक्षा नितीलाई राज्यले पहिलो प्राथमिक तहमा नराखको आरोप लगाउदै विज्ञान तथा प्रविधी मन्त्रीलाई राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
0 comments
Write Down Your Responses