अखिलको संगठन निर्माण अभियान तिव्र
इ तनहुँ संवाददाता
भिमाद, माघ २५
नेकपा एमाले निकट अनेरास्ववियुले तनहुँ जिल्लामा संगठन निर्माण अभियान तिव्र पारेको छ । एमालेले पार्टी सुद्धिणिकरण तथा जनपरिचालन कार्यक्रम संचालन गरिरहँदा भातृ संगठन अखिलले पनि जिल्लामा संगठन निर्माणको अभियान तिव्र पारेको हो ।
संगठन निर्माण अभियान अन्तर्गत वुधवार भिमाद वजार स्थित जनज्योति क्याम्पसमा अनेरास्ववियु जिल्ला अध्यक्ष तेजप्रसाद वाग्लेको प्रमुख आतिथ्यतामा उच्च माध्यमिक विद्यालय सम्मेलन सम्पन्न भएको छ ।सम्मेलन आयोजक कमिटीका अध्यक्ष प्रभात श्रेष्ठको सभापतित्वमा सम्पन्न सम्मेलनमा जिल्ला सचिव रोमाकान्त पोख्रेल, पुर्व अञ्चल कमिटी सदस्य जिम राना मगर, जिल्ला कमिटी सचिवालय सदस्य आरति भण्डारी लगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्दै मन्तव्य व्यक्त गरेका थिए ।
सम्मेलनले लक्ष्मी पराजुलीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कमिटी समेत गठन गरेको छ । जसको उपाध्यक्षमा रोशनी थापा, सचिवमा कमल थापा, सहसचिव सन्दिप श्रेष्ठ र कोषाध्यक्षमा कमला परियार रहेका छन् ।
0 comments
Write Down Your Responses