पत्रकार चालिसेको उपचारार्थ ३ हजार ७ सय संकलन

इ तनहुँ संवाददाता
तनहुँ, माघ २५
दुवै मृगौला काम नलाग्ने भएर मृत्युसँग संघर्ष गरिरहेका श्रमजीवि पत्रकार रमेश चालिसेको जीवन बचाउन नेपाल पत्रकार महासंघले सञ्चालन ‘रमेश चालिसे बचाउ अभियान’ संचालन गरेको छ । अभियान अन्तर्गत बुधबार मात्र नेपाल पत्रकार महासंघ तनहुँ शाखाले ३ हजार ७ सय रुपैयाँ सहयोग संकलन गरेको छ ।
जिल्लाका पत्रकार सम्बद्ध संघसंस्था, संचारमाध्यम र पत्रकार महासंघमा आबद्ध सदस्यहरुबाट सहयोग रकम संकलन गरिएको तनहुँ शाखा अध्यक्ष प्रेमप्रसाद पौडेलले बताए । अभियानको पहिलो दिन व्यास नगर केवल नेटवर्कले १ हजार, लोकवाणी दैनिकले ५ सय, प्रेस चौतारी नेपाल तनहुँ शाखाले ५ सय, इ तनहुँ डटकमले २ सय रुपैया, प्रेम प्रसाद पौडेलले २ सय, डम्बर अधिकारीले २ सय, विश्वबन्धु भण्डारीले १ सय, प्रकाशचन्द्र भट्टराईले १ सय, एसबि नेपालीले १ सय, समुन्द्र पौडेलले १ सय, उज्वल पौडेलले १ सय, कृष्णचन्द्र न्यौपानेले १ सय, ऋषिकान्त दुवाडीले १ सय, नारायण खड्काले १ सय, सुशील वाग्लेले १ सय, अधिकारकर्मीहरु विष्णु न्यौपानेले १ सय र सवनम शर्माले १ सय रुपैयाँ सहयोग गरेको पत्रकार महासंघ तनहुँ शाखाले जनाएको छ । पत्रकार रमेश चालिसेको उपचारका लागि पत्रकार बाहेकका अन्य व्यक्तिहरुबाट समेत सहयोग रकम संकलन भईरहेको कोषाध्यक्ष उज्ज्वल पौडेलले बताए ।

पत्रकार रमेश चालिसेको उपचारका लागि सहयोग गर्न चहानुहुने महानुभावले सम्पर्क राख्नुहोला ।
etanahun.com@gmail.com
samundrapoudel@gmail.com
krishnadml@gmail.com 

0 comments

Write Down Your Responses