अन्तरजातीय विवाह गरेकोमा माइतीद्धारा दूव्र्यवहार



इ तनहुँ संवाददाता
तनहुँ, फागुन १४
दलित युवकसंग बैवाहिक जीवनमा बाधिएको भन्दै एक युवतीलाई आइतबार माइती पक्षले दुव्यवहार गरेका छन् । व्यास –२ घर भई व्यास ५ बैरेनीका गणेश वि.कसंग बैवाहिक जीवनमा बाधिएकी प्रमिता के.शीलाई उनकी दिदी लक्ष्मी बानिया र शान्ता घर्तीले दूव्र्यवहार गरेकी हुन् । 
‘मलाई बाहिर हिड भन्नु भएको थियो, मैले मानिन,’ २० वर्षिय प्रमिता के.शीले भनिन, ‘त्यसपछि दिदीले मेरो कपाल लुछाचुडी गर्नुभयो ।’ दमौली स्थित सत्यवती उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रमिला र दमौलीमा ट्याक्सी चलाउँदै आएका २१ वर्षीय गणेश बि.क.ले गत फागुन ५ गते भागी विवाह गरेका हुन् । ‘डेढ वर्षदेखीको प्रेमलाई विवाहमा परिणत गरेका हौ ।’ गणेशले भने, ‘म घरमा नभएको समयमा दिदीहरु आएर दुव्र्यवहार गर्नुभयो ।’ 
लमजुङको घलेगाउँ र बाग्लुङपानीबाट १० गते घर फर्किएका उनीहरुलाई घर पक्षले सोही दिन भित्र्याएको गणेशकी आमा विष्णु वि.कले बताइन् । ‘एकाविहानै केटी लिएर छोरा आउँदा ढंग परे,’ उनले भनिन, ‘दुई जनाको मन मिलेर आएपछि हामीले भित्रयाई दिए ।’ शुक्रबार आमा सुना के.शी र दिदी घरमा गएर प्रमिताको सबै गहना लिएर फर्किएपछि आइतबार दुई दिदी घरमा पुगेका हुन् । 
‘दिदी बहिनी भित्र कोठामा कुरा गर्दै थिए,’ विष्णु विकले भनिन, ‘नानीको कपाल भुत्लाउन थालेपछि कोठा भित्र गएर छुटउन थाले ।’ दलित युवकसंग विवाह गरेकोमा बहिनीमाथी दुव्र्यवहार गर्ने लक्ष्मी बानिया र शान्ता घर्तीले आइन्दा गल्ती नदोहो¥याउने भन्दै स्थानीय बासिन्दा र प्रहरी सामु माफी मागेका छन् । ‘शान्ताको बानी झनक्क रिसाउने भएकोले बैनीको कपाल भुतालि,’ उनले भनिन, ‘आइन्दा यस्तो गल्ती हुँदैन् ।’ 
प्रमिता र गणेशले एक अर्कालाई मन पराएकाले उनीहरुलाई समाजले साथ दिएको स्थानीय कल्याणकारी आमा समुहकी अध्यक्ष शान्ता पौडेलले बताइन् । ‘प्रमितालाई घर जान्छौकी बस्छौ भन्दाँ यही बस्छु भन्छे,’ उनले भनिन, ‘दुबैको मन मिलेर विवाह गरेपछि कसैले केही गर्न मिल्दैन् ।’ 
अन्तरजातीय विवाह गरेकी युवतीलाई माइती पक्षले दुव्र्यवहार गरेको सुचना पाएर घरमा पुगेको प्रहरी दुबै दिदीले आइन्दा बहिनीलाई दुव्र्यवहार नगर्ने मौखिक सहमती भएको जिल्ला प्रहरी कार्यालय तनहुँका असई लाल बहादुर सोनामले बताए ।

1 comments

हो तनि मन मिलेपछि कसको के लाग्छ र ? अअिलेको एक्काइसौ सताब्दिमा पनि जात भातको कुरा त्यसमा पनि हाम्रो जस्तो नेपालको विकसित तथा शिक्षित स्तरमा रहेको तनहूँ जिल्ला का हामीहरुले पुरानो बिचार लाई नत्याग्ने हो भने दुर्गम स्थानमा कस्तो प्रभाब पर्ला । बरु ति जोडीलाई शुभकामना सहित हाम्रो प्रशाशनबाट 50000.00 पाउने प्रोत्साहन भत्ता दिलाउन तनहुँ जिल्ला लागि परोस ।

Write Down Your Responses