मस्याङ्दी किनारमा महिलाको शव फेला
इ तनहुँ संवाददाता
तनहुँ, फागुन १३
मस्याङ्दी नदी किनारमा शनिवार दिउँसो एक महिलाको शव फेला परेको छ । गोरखा धुवाकोट–१, निवासी २३ वर्षीया संगिता कुमालको शब फेला परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
नदी किनारमा सडेको अवस्थामा फेला परेको कुमालको शवलाई शनिवार नै पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ । मृत अवस्थामा भेटिएकी कुमाल गत फागुन ३ गते अन्दाजी ३ वर्षिय छोरा सहित घरबाट बेपत्ता भएको प्रहरीले जनाएको छ ।
0 comments
Write Down Your Responses