झडप पछि २३ बन्दी स्थानान्तरण
इ तनहुँ संवाददाता
तनहुँ, फागुन ४
कारागार भित्र चमेना गृह संचालन गर्दै आएका बन्दीलाई कुटपीटको घटना पश्चात तनहुँ जिल्ला कारगारका २२ बन्दी स्थानान्तरण भएका छन् । कारागार व्यवस्थापन विभागले १० बन्दीलाई मकवानपुरको भिमफेदी कारागार, ९ जनालाई चितवन कारागार र ३ जनालाई पर्सा कारागार स्थानान्तरण गर्न निर्देशन दिएको तनहुँ कारागार प्रशासनले जनाएको छ ।
पर्सा कारागारमा लागु औषधको सजाय भोग्दै आएका जलेश्वर शाहलाई भने विभागले तनहुँ ल्याएको छ । स्थानान्तरण हुनेमा अधिकांश लागु औषध र कर्तव्य ज्यान मुद्दाका बन्दीहरु रहेका छन् । उनीहरुलाई बुधबार नै तनहुँ कारागारले सम्बन्धीत कारागार स्थानान्तरण गरिएको तनहुँ कारागारका जेलर तिर्थ खनालले बताए ।
0 comments
Write Down Your Responses