६ हजार ५ सय परीक्षार्थीले एसएलसी दिने
इ तनहुँ संवाददाता
दमौली, ७ फागुन
यस वर्षको प्रवेशिका परीक्षामा तनहुँ जिल्लाबाट ६ हजार ५ सय ३४ जना परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षामा नियमित तर्फ ६ हजार १० र एक्जाम्टेड तर्फ ५ सय २४ जना परीक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ ।
जिल्लाका सरकारी तथा नीजि गरी १ सय ३४ विद्यालयका छात्रछात्राहरुले प्रवेशिका परीक्षा दिनेछन् । शिक्षा कार्यालयले प्रवेशिका परीक्षाका लागि जिल्लामा २८ परीक्षा केन्द्र कायम गरेको छ । २५ वटा केन्द्रमा नियमित र ३ वटा केन्द्रमा एक्जाम्टेडतर्फका विद्यार्थीले परीक्षा दिने व्यवस्था मिलाइएको छ ।
शिक्षा कार्यालयले सत्यवती उच्च मावि ‘क’, सत्यवती उच्च मावि ‘ख’ निर्मल उ.मा.वि ‘क’, निर्मल उच्च मावि ‘ख’, महर्षिवेद वेदव्यास संस्कृति मावि, जलदेवी उच्च मावि, चण्डीदेवी राष्ट्रिय मावि, क्यामिन उच्च मावि, मिन उच्च मावि, सरस्वती नमुना मावि, खैरेनी उच्च मावि ‘क’, जनकल्याण मावि, पञ्चमुनीदेव उच्च मावि ‘क’ र ‘ख’, हंसबाहिनी उच्च मावि, गाउँफर्कोदय उच्च मावि, जनज्योति उच्च मावि ‘क’ र ‘ख’, पवित्रा उच्च मावि ‘क’ र ‘ख’, होरालो शारदा शिक्षा सदन उमावि ‘क’ र ‘ख’, जनजागृती मावि, मित्रता उमावि, रामशाह उच्च मावि ‘क’ र ‘ख’, राधा उच्च मावि र खैरेनी उच्च माविमा परीक्षा केन्द्र कायम गरेको छ ।

0 comments
Write Down Your Responses