मिर्गौला पिडित सुवासलाई कतारवासी गोरखालीहरुबाट सहयोग I

बुधबल गुरुङ
दोहा जनवरी २९, कतार ÷ गोरखा, केराबारी १ का मृगौला पिडीत सुवास गुरुङलाई कतारवासी गोरखालीहरुले रकम संकलन गरी सहयोग गरेका छन् । कतारमा विभिन्न कम्पनीमा कार्यरत स्वदेशी तथा विदशी नागरकिहरुबाट सो रकम संकलन गरीएको हो ।
गोरखा सेवा समाज कतारका प्रमुख सल्लाहकार तथा गोरखाली अनलाईन डटकम सञ्चालक तथा सम्पादक बुधबल गुरुङले हाल सम्म संकलित रकम नपाली रुपैयॉ १,३८,१२३÷ (क.रि. ६३८९) हिजो आएमई मार्फत सुवास गुरुङले भुक्तानी पाउने गरी पठाएका हुन् । बैदेशिक रोजगारीको सिलसिलामा आफ्नो परिवारको उज्जल भविष्यको सपना बोकेर विगत ६ बर्ष पहिले कतारमा प्रवेश गरेका मृगौला पीडित गुरुङ गत १४ डिसेम्बर सम्म कतारको हमाद अस्पतालमा उपचार गराएर नेपाल फिरेका हुन । नेपालमा हाल उनको दुबै मृगौला प्रत्यारोपण गर्ने तयारीमा छ ।
उहॉका उनुसार मृगौला प्रत्यारोपण गर्नको लागि सबै कागजातहरुको तयारी पुरा भईसकेको समेत बताउनु भयो । हाल सम्म उहॉको स्वास्थ्यमा क्रमीक सुधार भएको पनि जानकारीमा आएको छ । गोरखा सेवा समाज कतारका उपाध्यक्ष तथा मृगौला पिडित सहयोग समिति कतारका संयोजक गणेश बॉनियाका अनुसार वितरित केही फारमहरुबाट रकम संकलन जारी नै रहेको समेत बताउनु भयो । उहॉका अनुसार हाल सम्म संकलित रकममा विभिन्न समाजसेवीहरुको सक्रियताले नै सफल भएको हुदा गोरखा सेवा समाज कतार उहॉहरु प्रति हार्दिक धन्यवाद दिदै कृतज्ञता जाहेर गरेको छ ।
बिष्णु सापकोटाको सक्रितामा –क.रि ६५०/
गणेश बॉनियाको सक्रियतामा –क.रि ६२६/
राम बहादुर खत्रीको सक्रियतामा –क.रि ३१०
ज्ञानेन्द्र अंगाईको सक्रियतामा क.रि –९६०
नन्दु घले÷ बुधबल गुरुङ÷ तमू समाज कतारको सक्रियतामा –क.रि १,३९७
शिव थापाको सक्रियतामा –१,०१२
ओटीयस कम्पनीका साथीहरु ÷राजन दवाडी तथा विद्या सर्किनीको सक्रियतामा संकलित –१,३३४
विकल्प अनुराग साउदीबाट प्राप्त क.रि. –१००

1 comments

रो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

Write Down Your Responses