नेपाल पब्लिक विश्वविद्यालय स्थापना हुने


इ तनहुँ संवाददाता
तनहुँ, माघ १५
नेपाल पब्लिक क्याम्पस संघ र पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालको प्रस्तावमा “नेपाल पब्लिक विश्वविद्यालय” को स्थापनामा नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा गठित कार्यदलले उक्त विश्वविद्यालयको मस्यौदा विधेयक तयार गरी अघि बढाउने कार्य भैरहेको छ । शिक्षा मन्त्रि श्री दिननाथ शर्माले २०६८ माघ १४ गते चितवनको दिव्यनगर स्थित उमावडी आदर्श शेरचन क्याम्पसमा भएको कार्यक्रममा नेपाल पब्लिक विश्वविद्यालय स्थापनामा आँफु सकारात्मक रही यथाशिघ्र उक्त विश्वविद्यालय संसदमा पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
हाल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरूलाई अलग विश्वविद्यालय स्थापना गर्ने अभियानमा हाल त्रि.वि.का कार्यक्रमहरूलाई नयाँ विश्वविद्यालयले आफ्नो कार्यक्रम सञ्चालन नगर्दासम्म यथावत रहने कुरामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. हिरा महर्जनले नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष श्री वैकुण्ठ न्यौपानेसँग माघ १५ गते दमौलीमा भएको भेटघाट कार्यक्रममा स्पष्ट पार्नुभयो । नेपाल पब्लिक विश्वविद्यालय स्थापनामा त्रि.वि.को कुनै आपत्ति नभएको विषयमा उपकुलपतिले स्पष्ट पार्नुभयो । चितवनमा भएका कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख श्री वैकुण्ठ न्यौपाने र बालकुमारी कलेजका क्याम्पस प्रमुख श्री चिरन्जीवि श्रेष्ठको सहभागिता थियो भने दमौलीको भेटघाट कार्यक्रममा शिक्षाशास्त्र संकाय डिन प्रा.डा. प्रकाश श्रेष्ठको सहभागिता थियो ।

0 comments

Write Down Your Responses