एमाले तनहुँले तीन महिने अभियान चलाउने
इ तनहुँ संवाददाता
तनहुँ, पुष १९
एमाले तनहुँले केन्द्रले तय गरेको तीन महिने चलाउने भएको छ । एमाले वैकल्पिक पोलिटव्युरो सदस्य एवं गण्डकी संयोजक खगराज अधिकारीको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष केदार सिग्देलको अध्यक्षतामा सोमबार दमौलीमा बसेको बैठकले संगठन सुदृढीकरण तथा जनपरिचालन अभियान अन्तर्गत तनहुँमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो ।
कार्यक्रम अनुसार क्षेत्रीय कमिटी बैठकहरु पौष २४, २५ र २७ क्रमशः क्षेत्र नं. १, क्षेत्र नं. ३ र क्षेत्र नं. २ मा, पौष २६ गते जिल्ला सल्लाहकार परिषद् र जेष्ठ कम्युुनिष्ट मञ्चको बैठक, दमौलीमा माघ १० गते जिल्लास्तरीय अनुशिक्षण कार्यक्रम गर्ने निर्णय भएको एमाले अध्यक्ष केदार सिग्देलले मंगलबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराए ।
त्यस्तै एक व्यक्ति एक दाम, एक घर एक मुठी अन्न अभियान शाखा कमिटीहरुमार्फत् सञ्चालन गरिने, जनपरिचालन तथा दबाब समिति गठन गर्ने, जिल्ला कमिटीको संयोजनमा क्षेत्र, नगर र शाखा कमिटीहरुले पार्टी प्रवेश र घर फर्क अभियान सञ्चालन गरिने एमालेले जनाएको छ ।
त्यसैगरी माघ १५ गते संगठन सञ्चालनका समस्या र समाधान विषयक जिल्ला स्तरीय अन्तरक्रिया, फागुन १५ गतेभित्र शाखा, नगर, क्षेत्रीय अधिवेशन, श्रम शिविर र सांस्कृतिक कार्यक्रमहरु गर्ने निर्णय गरिएको छ ।

0 comments
Write Down Your Responses