माघदेखि तनहुँमा कृषि गणना

इतनहुँ संवाददाता
तनहुँ पुष १९

तनहुँमा माघ १ गतेदेखि कृषि गणना सुरु हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले हरेक जिल्लामा कृषि गणना गर्ने नीति बमोजिम तनहुँ जिल्लामा पनि कृषि गणनाका लागि कार्यालय स्थापना गरी काम गर्न लागिएको हो ।
सरकारलाई कृषि गणनाबाट कृषि सम्बन्धी नीति नियम बनाउन तथा अन्य निकायहरुका लागि पनि संकलित तथ्याङ्क महत्वपूर्ण हुने कृषि जनगणना अधिकृत सुशीलकुमार शर्माले बताए । तनहुँ जिल्ला सहित पहिलो चरणमा ५९ जिल्ला र हिमाली १६ वटा जिल्लामा भने वैशाखबाट मात्रै गणना गरिनेछ । तनहुँ जिल्लाको ४६ गाविस र नगरपालिकामध्ये ७२ वडामा मात्रै कृषि गणना गरिने शर्माले बताए । उनका अनुसार गणना कार्यमा २० जना गणक र ५ जना सुपरभाइजर खटाइने छ ।

0 comments

Write Down Your Responses