अस्पतालमा बृद्ध अलपत्र
![]() |
परिवार र आफन्त नआएपछि २१ दिनदेखी दमौली अस्पतालमा अलपत्र बृद्ध । |
इ तनहुँ संवाददाता
तनहुँ, पुस १८
नाम वतन नखुलेका अन्दाजी ६५ वर्षिय एक बृद्ध दमौली अस्पतालमा अलपत्र परेका छन् । परिवार र आफन्त सम्पर्कमा नआउँदा उनको उपचारमा समेत समस्या परेको छ । विगत २१ दिनदेखी दमौली अस्पतालमा रहेका उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएपनि आफन्त नआएकाले अस्पतालमै राखिएको दमौली अस्पतालका डा. किरण सोतीले बताए ।
गुरुङ्ग वर्णका देखिने भएकाले बाजे गुरुङ्गको नामबाट अस्पतालले उनलाई नियमित उपचार सेवा दिदै आएको छ । व्यास–१, गल्बुबेशीका स्थानीय एक बासिन्दाले मंसिर २७ गते अस्पतालको आकस्मिक कक्षमा छाडेर गएका उनको अहिले बेड नं. ११ मा राखिएको दमौली अस्पतालका अहेव संजीव रानाभाटले बताए ।
श्वास प्रश्वास र प्रेसरको समस्याबाट ग्रसित उनको स्वास्थ्यमा सुधार आएपनि परिवार र आफन्त सम्पर्कमा नआएका कारण थप उपचारका लागि अन्यत्र पठाउन नसकिएको दमौली अस्पतालका डा. सोतीले बताए । ‘अस्पतालले उनलाई हालसम्म निशुल्क सेवा दिदै आएको छ ।’ उनले भने, ‘विरामीको आफन्त नभेटिदा थप उपचारका लागि पठाउन समेत पाएका छैनौ ।’ अस्पतालको रेकर्ड अनुसार उनलाई पुस ५ गते नै अस्पतालले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रिफर गरेको छ ।
0 comments
Write Down Your Responses