कतारमा रोजगारको वनभोज तथा शेयरधनी भेटघाट कार्यक्रम सम्पन्न I

११ दिसेम्वर २०११, कतार
रोजगार वचत तथा ऋण सहकारी संस्था उर्लावारी मोरङ्गको प्रवास सम्पर्क समितिको आयोजनामा टे«ड भिजन ईन्भेष्टमेण्ट प्रा.ली. र सुविधा वचत तथा ऋण सहकारी संस्था पकलीको समेत सहभागितामा संयुक्त वनभोज कार्यक्रम ९ दिसेम्वरका दिन कतारको समाल पार्कमा सम्पन्न भएको छ ।

औपचारिक कार्यक्रम सहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न सो कार्यक्रमको सभापतित्व रोजगार वचत तथा ऋण सहकारी संस्था उर्लावारी मोरङ्गका संयोजक कुमार कार्कीले गरेका थिए भने, कार्यक्रमको प्रमुख अतिथी गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव टिवि कार्की, अतिथीहरुमा क्रमशः मोरङ्ग सुनसरी प्रवासी सेवा समाजका अध्यक्ष गोकुल वहादुर थापा, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका सचिव विनोद भट्टराई, टे«ड भिजन ईन्भेष्टमेण्ट प्रालीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठ, टे«ड भिजन प्रवद्र्धक गोपाल विष्ट र सुवास गौतम लगायत रहेका थिए । सोहि कार्यक्रममा टिभिआईद्धारा नेपालमा प्रवद्र्धित भिजन वेकरिज प्रा.लीद्धारा उतपादित कुकिज प्रमुख अतिथी कार्कीलाई वितरण गर्दै औपचारिक रुपमा आफ्ना शेयरधनीहरुलाई वितरण गरिएको थियो ।

कार्यक्रममा आयोजना गरिएको जुत्ता रेस र म्युजिकल वल प्रतियोगिताले उपस्थितहरुलाई अझ रमाईलो वातावरण श्रृजना गरेको थियो भने रमाईलो कार्यक्रमसँगै गायक गौरव दर्पण र गैर आवासिय नेपाली तारा २ मा तेश्रो स्थान प्राप्त रुपेश पराजुलीले विभिन्न साँगितिक प्रस्तुतीहरु पनि प्रस्तुत गरेका थिए । जुत्ता रेस र म्युजिकल वल प्रतियोगितामा प्रथम हुने विजेता क्रमशः जमानसिंह घोर्षाने र मनिष थापालाई टिभिआइृ का अध्यक्ष श्रेष्ठ र मोसुका अध्यक्ष थापाले पुरस्कार वितरण गरेका थिए ।


0 comments

Write Down Your Responses