सर्वोच्चको फैसला सही : पूर्व गृहमन्त्री जोशी
इ तनहुँ संवाददाता
तनहुँ पुस १४
पूर्व गृहमन्त्री गोविन्दराज जोशीले संविधानसभाको म्याद अब थप गर्न नमिल्ने गरी सर्वोच्च अदालतले गरेको फैसला सही भएको टिप्पणी गरेका छन् ।
तनहुँको सतिस्वाँरा गाविसकॊ वडा नम्बर ४ सम्जुरमा बिहीबार जनसहयोगी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै जोशीले म्याद थप्ने भए संविधानसभाको अनन्तकालसम्म थप हुने नत्र तोकिएको समयमै नेपाली जनतालाई संविधान दिनुपर्ने धारणा व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मौलादिन सेखको सभापतित्वमा सम्पन्न कार्यक्रममा निमित्त क्षेत्रीय निर्देशक खड्गबहादुर कमाल नेपाली कांग्रेस तनहुँका सभापति धु्रव वाग्ले एमाले सचिव विद्यानाथ ढकाल रेडक्रस सभापति उदयराज गौली प्रजातान्त्रिक प्राध्यापक संघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद गौतम शिक्षक संघ तनहुँका अध्यक्ष गणेशबहादुर खत्री लगायतले मन्तव्य राखेका थिए ।
1 comments
Write Down Your Responses
November 15, 2014 at 8:22 AM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन