गोरु मर् यो सहारा गुम्यो


इ तनहुँ संवाददाता
तनहुँ पुस १६
सम्पतीको नाउमा रहेको एक हल गोरु मध्येको एउटा गोरु मरेपछि व्यास-५ डिहीगाउँका मनु गिरीको सहारा गुमेको छ । विद्युत कार्यालयको लापरर्वाहीले शनिवार बिहान करेण्ट लागेर उनको गोरु मरेको हो ।
गोरु चराउन लैजाने क्रममा खेतमा वेवारिसे अवस्थामा रहेको विजुली तार गोरुले छुदाँ गोरुको मृत्यु भएको हो । गोरु मरेपछि गाउँलेको खेतमा गोरु जोतेर परिवारको गुजारा चलाउँदै आएका उनको आयश्रोतसमेत खोसिएको छ । 'दिनभर काम गरेर ७ सय रुपैया आम्दानी हुन्थ्यो ।' उनले भने, 'अब कसरी हात मुख जोड्ने हो ।'
२०६३ साल भदौ २४ गते तनहुँकै रिसिङ रानीपोखरीमा आएको पहिरोबाट घर जोखिममा परेपछि गाउँबाट विस्थापित भएका उनी डिहीगाउँमा सानो जग्गामा बस्दै आएका छन् । उक्त पहिरोमा परी दुई घर परिवारका ६ जनाको मृत्यु भएको थियो ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses