शम्भुले पाए कार मजदुर बने लखपति I



रामप्रसाद ढुंगेल,
दोहा कतार
कतारको अल सारिया कम्पनीमा विगत २० महिनादेखि सामान्य मजदुरका रुपमा कार्यरत प्रिती गाविस–६, रामेछापका शम्भु खड्का २२, ले बम्पर उपहारस्वरुप कार प्राप्त गरेका छन् । सनैया ४५ स्थित ल्यान्डमार्क हाइपरमार्केटमा गत नोभेम्बर ५ मा नोकिया मोबाइल किन्दा प्राप्त उपहार कुपनले उनलाई एकाएक लखपति बनाएको हो ।

गत डिसेम्बर १९ मा सार्वजनिक गरिएको उपहार कार्यक्रममा उनले २०÷११ मोडलको निसान टिडा कार प्राप्त गरेको उक्त मार्केटले जनाएको छ । आफूले अचानक कार पाएकोमा अत्यन्त खुसी भएको बताउने खड्काले उपहारमा प्राप्त कार बिक्री गर्ने बताएका छन् । ‘मैले यहाँ कार चलाउने अवस्था छैन, त्यसैले बेच्नै पर्ने भएको छ’, आपूmसँग चालक अनुमतिपत्र नभएका कारण कार बेचेर पैसा लिन चाहने उनले भने, ‘तर, भनेजस्तो दाम भने पाउन सकेको छैना ।

सोरुमको दामभन्दा ५ देखि १० हजार रियल कम दाममा आफू उक्त कार बेच्न तयार रहेको उनले बताएका छन् । आफ्ना बाबुले करिब १५ वर्षअघि आमालाई छोडेर गएपछि आमा बालकुमारी खड्काले बनीबुतो गरी आफूलाई हुर्काएको बताउने उनले आफ्नो बाल्यकाल कष्टकर रहेको बताए । कार बिक्री भएपछि नेपाल फर्किने उनले बताएका छन् ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses