मेलमिलाप दिवसमा फलफुल वितरण

पवन पौडेल
तनहुँ पुस १६
मेलमिलाप दिवसको अवसरमा शुक्रबार विपि विचार समाज तनहुँले दमौली अस्पतालका विरामीलाई फलफुल वितरण गरेको छ ।
अस्पतालमा आयोजित एक कार्यक्रमका बिच संविधान सभाषद एवं समाजकी अध्यक्ष उर्मिला थापाजिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख डा. शुशीलनाथ प्याकुरेल समाजका सदस्य कृष्ण प्रसाद गौतम नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति उदयराज गौलीनेपाल शिक्षक संघ तनहुँका अध्यक्ष गणेश बहादुर खत्रीसमाजका सदस्य शुकुमलाल गुरुङ लगायतले विरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष एवं संविधानसभासद उर्मिला थापाले विपिको नाममा स्थापित संस्थाले स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् । आगामी दिनमा पनि समाजका अन्य क्षेत्रमा संस्थाले सहयोगमुलक कार्यक्रम संचालन गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख प्याकुरेलले फलफुल वितरण भन्दा पनि स्वास्थ्य शिविरजस्ता कार्यक्रम बढी प्रभावकारी हुने बताए । कुनै पनि संस्थाले शिविर संचालन गर्न चाहे स्वास्थ्य कार्यालयले चिकित्सक र औषधी उपलब्ध गराएर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses