साभुङभगवतीपुर खुला दिसामुक्त घोषणा (फोटो फिचर)
सबै तस्बिरहरु : प्रेमप्रसाद पौडेल
तनहुँको साभुङभगवतीपुर गाविसलाई बिहीबार खुला दिसामुक्त गाविस घोषणा गरिएको छ । १ हजार ५ सय ६ घरधुरीमा शौचालय बनेपछि गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको हो । २०६७ चैत्र देखि सुरु खुला दिसामुक्त अभियानका क्रममा १ हजार २ सय ९१ र अभियान अघि २ सय १५ घरधुरीमा शौचालय निर्माण भएको स्थानीय विकास अधिकारी छविलाल रिजालले बताए ।
बिहीबार गाविसमा आयोजित एक कार्यक्रममा स्थानीय विकास मन्त्रालयका उप महानिर्देशक÷डेलिडार भीमप्रसाद उपाध्यायले गाविसलाई खुलादिसामुक्त घोषणा गरेका हुन । गाविस सचिव पशुपति आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी छविलाल रिजाल आरडब्लुएसएसपी-डब्लुएनका राष्ट्रिय संयोजक इन्जिनियर शंकर पण्डित माओवादीका डम्बर विक कांग्रेस सचिव बालकृष्ण घिमिरे एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य प्रतापलाल श्रेष्ठ कांग्रेस जिल्ला सदस्य राजेन्द्रकृष्ण श्रेष्ठ एमाले जिल्ला सदस्य राजेश्वर ढकाल माओवादी साभुङ्ग गाउँ कमिटीका नविन विक युनिसेफका बोधनारायण श्रेष्ठ कोडेफका मनिमा बुढाथोकी सरस्वती माविका प्रधानाध्यापक परशुराम गुरुङ लगायतले खुला दिसामुक्त घोषणा गरेर मात्रै सफल नहुने भएकाले कार्यान्वयनमा जोड दिन सुझाव दिए ।
खुला दिसामुक्त अभियानमा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना सामुदायिक विकास माच कोडेफ ले प्राविधिक सहयोग गरेको थियो । अभियान सम्पन्न गर्न १३ लाख ९४ हजार २ सय ६० रुपैयाँ खर्च भएको थियो ।
खुला दिसामुक्त घोषणा हुने साभुङभगवतीपुर २१ औं गाविस हो ।
0 comments
Write Down Your Responses