टाउकोमा गोली हानी आत्महत्या

मनोज अधिकारी
पोखरा, पुस १
पोखरा विमानस्थलमा आज बिहान आफ्नै पेस्तोलले दाहिने कञ्चटमा गोली हानी आत्महत्या गरेका सई बलराम अधिकारीको शव पोस्टमार्टमका लागि गण्डकी अस्पताल लैजाने तयारी भइरहेको छ। विमान अवतरण गर्ने धावनमार्ग नजिकै रहेको क्वार्टरभित्र उनले आत्महत्या गरेका थिए ।
विगत १३ वर्षदेखि पोखरा विमानस्थलमा खटिएका सई बलराम अधिकारीले किन आत्महत्या गरेका हुन् भन्ने बारे केही थाहा हुन सकेको छैन।

परिवारका सदस्यका अनुसार बिहानैदेखि ड्युटीमा खटिएका अधिकारीले घरमा फोन गरी खिर पकाउन लगाएका थिए। छोराले घरबाट खिर ल्याइदिएपछि क्वार्टरमा लगी खाएलगत्तै करिब सवा नौ बजे उनले आत्महत्या गरेका थिए।

कास्कीको लाहाचोक गाविस घर भएका अधिकारीको घरमा दुई छोरा र श्रीमति छन्। उनले प्रहरी सेवाबाट अवकाश पाउन एक वर्षमात्रै बाँकी थियो।

0 comments

Write Down Your Responses