दुई सन्तान ईश्वरको बरदान !


समुन्द्र पौडेल
तनहुँ पुस १०
रेडियो र स्थानीय स्वयंसेविकाबाट स्थायी बन्ध्याकरण शिविर बारे जानकारी पाए लगतै तनहुँ रुपाकेाट १ रातामाटकी २६ वर्षिय सुनिता थापाले बैदेशिक रोजगारीमा गएका श्रीमान्लाई टेलिफोन गरिन् । १ छोरा र १ छोरीको अभिभावक बनिसकेकी उनले श्रीमान्संग सल्लाह गरेर स्थायी बन्ध्याकरण गरिन् ।
सन्तानको रहर पुगेका महिलाहरु मिनल्याब र पुरुषहरु भ्यासेटोमी गरेर स्थायी बन्ध्याकरण गर्न अहिले दमौली अस्पतालमा मानिसहरुको घुइचो लागेको छ । 'दुई सन्तान ईश्वरको बरदान !' उनले भनिन, 'श्रीमान्ले पनि हुन्छ भनेपछि बन्ध्याकरण गर्न आए ।' उनीसंगै स्थायी बन्ध्याकरण गर्न आएकी रुपाकोट-६ चिसापानीकै शर्मिला सिलबालका पनि २ छोरा छन् । नेपाली सेनामा कार्यरत श्रीमानसंग स्थायी बन्ध्याकरण गर्ने सहमती भएपछि उनी आफै बन्ध्याकरण गर्न दमौली आएकी हुन् ।
'श्रीमान् नेपाली सेनामा कार्यरत हुनुहुन्छ ।' उनले भनिन, 'उहाँलाई समय नमिल्ने र केही समय आराम गर्नुपर्ने भएकाले मैले नै बन्ध्याकरण गर्न आएकी हुँ ।' जिल्ला स्वास्थ्य कार्यालय तनहुँको आयोजना र सुनौलो नेपाल अन्र्तगतको मेरी स्टोप्स सेण्टर डुम्रेको सहयोगमा पुस २ गतेदेखी दमौलीमा शुरु भएको स्थायी बन्ध्याकरण शिविरमा आइतबारसम्म ३ सय भन्दा बढिले स्थायी बन्ध्याकरण गरिसकेका छन् । शिविर सोमबारसम्म चल्नेछ ।
एक छोरा र एक छोरीका बाबु व्यास-१ भादगाउँका २५ वर्षिय छत्र बहादुर दरैले पनि शिविरमा भ्यासेटोमी गरेका छन् । 'एउटा छोरा र एउटी छोरी छ ।' उनले भने, 'जागिर र आम्दानी छैन् धेरै सन्तान पाएर पनि कसरी पाल्ने ? ' भर्खर ३ महिनाकी सुत्केरी श्रीमतीसंगै अस्पताल आएका उनले श्रीमती कमजोर भएकाले आफैले बन्ध्याकरण गरेको बताए ।' उनले भने, 'महिलाले भन्दा पुरुषले बन्ध्याकरण गर्न सजिलो हुन्छ ।'
पुरुषको बन्ध्याकरण गर्न सजिलो हुनेभएकै कारण रुपाकोट-३ का किशोरराज जोशीले पनि शिविरमा स्थायी बन्ध्याकरण गरे । सरकारी जागिरमा आबद्ध उनी एक छोरा र एक छोरीका बाबु हुन् । 'सन्तानको रहर पुरा भएपछि सुरक्षित रहन बन्ध्याकरण गरेको हुँ ।' उनले भने, '२ सन्तान इश्वरको बरदान भनेझै २ सन्तान पाएपछि रहर पुग्यो ।' जिल्लाका ४६ गाविस र व्यास नगरपालिकाका बासिन्दालाई लक्षित गर्दै आयोजना गरेको स्थायी बन्ध्याकरण शिविरमा सिमावर्ती गोरखा कास्की लमजुङ्गका बासिन्दा समेत सहभागी भएको स्थायी बन्ध्याकरण शिविरका संयोजक अजयकुमार श्रीवास्तवले बताए । बन्ध्याकरण गर्न चाहनेलाई आयोजकले आवातजावतका लागि यातायातको समेत व्यवस्था गरेको छ ।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses