नवलपरासीका ग्रामीण क्षेत्रका १० गा.वि.समा ३ हजार ७ सय नागरीकताबाट बंचित ।।

नवलपरासी,
कार्तिक ३०-नवलपरासी जिल्लाको ग्रामीण क्षेत्रमा ३ हजार ७ सय ५० जना ब्यक्तीहरु नागरिकता पाउनबाट बंचित रहेका छन । जसमध्ये नागरिकता पाउनबाट बंचीत हुनेहरुमा १ हजार ३ सय १६ पुरुष र २ हजार ४ सय ३४ जना महिला रहेका हुन । मानब अधिकार संरक्षण एवं प्रर्बद्धन समिती नवलपरासी र माहुरी होम नामक संस्थाले सुयुक्त रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा गरेको सर्बोक्षण आधारमा सो तथ्याकं सार्बजनिक गरिएको छ । नवलपरासीमा अझै पनि बिभिन्न कारण जिल्लाको ग्रामीण क्षेत्रमा अधिकाशं ब्यक्तीहरु नागरीकबाट बंचित भएको मानब अधिकार संरक्षण एवं प्रर्बद्धन समिती नवलपरासी सचिब सम्झना चौधरीले जानकारी दिनुभयो । नागरितका लिनबाट बंचित भएका मध्ये दलित बर्ग १ हजार २ सय ३१ जना को संख्यामा रहेका छन जसमध्ये, ७ सय ८४ जना पुरुष, र ४ सय ४७ मुस्लिम महिला रहेको संस्थाले सार्बजनिक गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

0 comments

Write Down Your Responses