लुटपाटको जेसीजद्वारा भत्स्रना
इ तनहुँ संवाददाता
तनहुँ, मंसिर ८
जामुने गाविस-१ गुणादीस्थित हाइवे रेष्टुरेण्टमा गत शनिबार भएको लुटपाटको घटनाको व्यास नगर जेसीजले भत्स्रना गरेको छ । जेसीजका अध्यक्ष प्रकाशचन्द्र सुवेदी र महासचिव पविन्द्र भट्टराईले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी रेष्टुरेण्ट साचालकहरुलाई क्रुरतापूर्वक बन्धक बनाई धनमाल लुटिएकोमा घोर भत्स्रना गरेको हो ।
जेसीजका निवर्तमान अध्यक्ष समेत रहेका रेष्टुरेण्ट साचालक अभिनय खनाल र उनको परिवारद्वारा साचालित रेष्टुरेण्टमा भएको घटनामा संलग्न लुटेराहरुलाई तुरुन्त पक्राउ गरी कारवाही गर्न जेसीजले प्रशासन समक्ष माग गरेको छ ।
0 comments
Write Down Your Responses